• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक ५, २०८३ Thu, Oct 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

देश विकासका लागि सरकारले गर्नैपर्ने ८ काम

64x64
नेपाल लाइभ बुधबार, माघ १७, २०७४  १४:२८
1140x725

२००७ सालको क्रान्तिपछि नेपाल विभिन्न राजनीतिक घटनाक्रमबाट गुज्रियो। यसबीच नेपालका दुई छिमेकी राष्ट्र चीन र भारतले स्थायी सरकारको प्रतिनिधित्व गर्दै ठूलो आर्थिक क्रान्ति गरे। अहिले चीन विश्वको ठूलो अर्थतन्त्र भएको मुलुक बन्ने अभियानमा छ। भारत पनि आर्थिक क्षेत्रमा ठूलो फड्को मार्दै अगाडि बढिरहेको छ।

नेपालको प्रजातान्त्रिक इतिहास ६७ वर्ष लामो छ। तर पनि विभिन्न राजनीतिक उथलपुथलका कारण देशले सोचे जस्तो आर्थिक उन्नति गर्न सकेन। लामो समयपछि देशमा स्थायी सरकार बन्ने सम्भावना देखिएको छ। त्यसैले हामी नेपालीबीच पनि देशमा विकासको सञ्चार हुने आशा पलाएको छ। 

अब बन्ने सरकारले देशलाई समृद्ध बनाउँदै आम जनताको जीवनस्तर उकास्न विभिन्न क्षेत्रमा काम गर्नुपर्ने देखिन्छ। यसमा सरकारले मुख्यरुपमा प्रचुर सम्भावना बोकेको ‘हाइड्रो’ मा लगानी गर्नुपर्ने देखिन्छ। 

यस्तै, सडक र पुल विकासको मेरुदण्ड भएकाले सरकारले देशका हरेक क्षेत्रलाई जोड्न बाटो तथा पुल निर्माणलाई तीव्रता दिनु जरुरी छ। नेपालमा जडिबुटीको पनि सम्भावना प्रचुर छ। विश्वमा नपाइने जडिबुटी हाम्रो देशमा छन्। तर, त्यसको उचित संकलन, प्रशोधन र प्रवर्द्धन  हुन सकेको छैन। हामीले जडिबुटीको मार्केटिङ र ब्रान्डिङ गर्न नसक्दा अन्तर्राष्ट्रिय बजारमा मूल्य पाउन सकेका छैनौं। यस क्षेत्रमा सरकारको गम्भीर ध्यान जान जरुरी छ। 

नेपालको विकासका लागि पर्यटन क्षेत्र छुटाउनै नहुने पाटो हो। यहाँ विश्वमै दुर्लभ कोटिको हावापानी र मनोरम दृश्यहरू पाइन्छ। हिमालका साथै दुर्लभ प्रजातिका वन्यजन्तु र चराचुरुंगीले विश्व समुदायका लागि आकर्षण हो। धार्मिक पर्यटकका लागि पनि गौतम बुद्धको जन्मस्थल लुम्बिनी, सीताको जन्मभूमि जनकपुरधाम र हिन्दुहरूको आस्थाको धरोहर पशुपतिनाथले ठूलो महत्व राख्छ।

नेपालमा खानीको सम्भावना पनि कम छैन। किनकि हाम्रो भूभाग तिब्बती प्लेट र भारतीय प्लेटमा पर्छ। सरकारले देशभित्र रहेको खानीको अनुसन्धान र उत्खननका लागि गम्भीरतापूर्वक ध्यान पुर्‍याउनुपर्छ। 

सरकारले सेवा क्षेत्रमा पनि एकीकृत विकास गर्नु जरुरी छ। नेपालको स्वास्थ्य क्षेत्रमा पनि प्रचुर सम्भावना छ। यस्तै, विश्वविद्यालय निर्माण गरेर दक्ष जनशक्ति उत्पादन गर्न सकेको खण्डमा आउँदो १० वर्षभित्रमा देशले काँचुली फेर्ने कुरामा दुईमत छैन। हामीले अबको समयमा प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्छ। 

यी सबै कार्यलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्न सरकारले कम्पनी ऐनको ‘मोडालिटी’ मा काम गर्न सक्छ। जसका लागि सुरुमा ऐनमा केही संशोधन गर्नु जरुरी छ। सरकारले ठूला आयोजनालाई वर्गीकरण गरेर कम्पनी नियम अन्तर्गत सञ्चालन गरेको खण्डमा यसले प्रतिफल दिनेमा शंका रहन्न।

Ncell 2
Ncell 2
nimb
nimb

विकास निर्माणलाई अगाडि बढाउँदा सरकारले कम आय भएका व्यक्तिहरूको उत्थानमा ध्यान पुर्‍याउनु आवश्यक छ।

सरकारले लगानीको वातावरण तयार पार्न सबैभन्दा पहिले आफैंले केही रकम लगानी गरेर सुरु गर्न सक्छ। यसपछि ठूला आयोजनामा सर्वसाधारणलाई पनि सहभागी गराउन सेयर निस्कासन गर्नु उचित हुन्छ। यसमा विदेशी लगानीकर्तालाई आकर्षण गर्न लचिलो नियम बनाएर लगानी भित्र्याउन सकिन्छ।

देशलाई अब सानो लगानीभन्दा पनि ठूलो लगानी आवश्यक भइसकेको छ। नेपालमा धेरै यस्ता समानहरू छन्, जसको विदेशी बजारमा ठूलो माग छ। यी मागलाई पूरा गर्न पनि हामीलाई सानो होइन, ठूलो स्केलमा लगानी जरुरी भइसकेको छ। यसका लागि एउटा कम्पनी कम्तीमा पनि एक खर्ब रुपैयाँ बराबरको भएमा यसले सकारात्मक नतिजा दिने कुरामा दुईमत छैन।  

सरकारले नेपाल र आम जनतालाई समृद्धिमा लम्काउन निम्न क्षेत्रलाई कम्पनीको मोडालिटीमा लगेर काम अघि बढाउनुपर्छः

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

१. हाइड्रोपावर तथा डिस्ट्रिब्युसन कम्पनी

क. हाइड्रोपावर कम्पनी

ख. डिस्ट्रिब्युसन कम्पनी

२. निर्माण कम्पनी (यसका लागि सव–कम्पनी खडा गर्ने)

क. बाटो तथा पुल निर्माण कम्पनी

ख. विमानस्थल निर्माण कम्पनी

ग. भवन निर्माण कम्पनी

३. जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनी

४. टुरिजम कम्पनी

५. फलफूल उत्पादन तथा प्रशोधन कम्पनी

६. खानी उत्पादन तथा प्रशोधन कम्पनी 

७. स्वास्थ्य चौकी तथा अस्पताल कम्पनी

८. युनिभर्सिटी कम्पनी

लेखक राठी ग्रुपका निर्देशक हुन्।

प्रकाशित मिति: बुधबार, माघ १७, २०७४  १४:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने प्रोग्रामिङ भाषामा कमजोरी भेटिएपछि तत्काल सुरक्षा अपडेट गर्न आग्रह, जोखिम टार्न केही वेबसाइट अ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्