काठमाडौं– एक साताअघि भक्तपुरमा डकैती गर्ने समूह पक्राउ परेका छ। महानगरीय अपराध महाशाखाले ४ जनाको टोलीलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भोज बहादुर थापामगर, रत्ना बहादुर तामाङ, अमृत तामाङ र सानुकान्छा ब्लोन छन्।
उनीहरुले गत १० गते सूर्य्बिनायक निवासी राम बहादुर तामाङको डेरामा पेस्तोल र खुकुरी देखाएर १६ लाख ७ हजार ९ सय बराबरको डकैती गरेका थिए।
घटनामा संलग्न तीन जना फरार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीले बताए।
लुटपाट गरेपछि एक अभियुुक्तले पीडित तामाङको छोरालाई गालामा किस खाएर हिडेका थिए।
घटनाको मुख्य नाइके रोहति बहादुर थापा भएको प्रहरीले जनाएको छ। सो समूह्का थापासहित दिर्घ बहादुर तामाङ र बिनोद तामाङ पक्राउ छन्।
डकैती गरेको ६ तोला सुन तथा मोटरसाइकल प्रहरीले बरामद गरेको छ।
महाशाखाका अनुसार यस्तो थियो डकैतीको योजना–
–घटना गर्ने दिन साँझ ८ बजे भक्तपुर जगाते मा घटनामा सम्लग्न रहेका ८ जना भेट गरी पिडितको घर नजिक भेटभई खाजा खाई डांका गर्ने घरको निग्रानी गरेको ।
– राती ९ बजे पिडितको घर नजिक गणेश चोक स्थित खेत किनारामा बसी घरका सबै मानिस नसुतुन्जेल सम्म निग्रानी गरेको ।
– राती २ बजेको समयमा घरमा प्रवेश गरी सबै परिबार लाई नियन्त्रणमा लिई पेस्तोल , खुकुरी देखाई परिवारलाई नियन्त्रणमा लिई नगद , सुनका गर गहना , मोवाईल समेत डाँका गरि लगेका ।
– साथै निजहरुले घर कम्पाण्डमा पार्किङ गरेको बा ८५ प ७८५० नम्बरको मो।सा।चोरी समेत लिई गएका ।
– घटना घटना पश्चात निज हरु मोटरसाइकल तथा पैदल बौद्द जोरपाटी आई नगद भाग लगाएका ।
– डाका गरेका सुनका गर गहना डाका घटनामा सम्लग्न बिण्णु भन्ने अमृत तामाङले मुर्तीको काम गर्ने सानुकान्छा तामाङलाई बिक्री गर्न दिई नगद २,९०,००० लिएको
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।