हुनान, हिमपातका कारण चिनका विभिन्न प्रान्तमा कतिपय मानिसको दैनिकी प्रभावित भइरहेका बेला मध्य चिनको हुनान प्रन्तका केहिले भने हिमपातको सदुपयोग गर्दै फरक खालका तस्बिर खिचेका छन्। हुनान प्रान्तको सेन्झोउस्थित गुइयाङ काउन्टीका केहि युवाहरुले हिमपातमा रमाउँदै रचनात्मक तस्बिरहरु खिचेका हुन्।
सडकको नाली नजिकै सुतेर खिचेको तस्बिर कुनै अग्लो भवनमा झुन्डिएको जस्तो देखिएको छ।

एक तस्बिरमा गोलाकार रुपमा हात र खुट्टा जोडेको देख्न सकिन्छ भने अर्कोमा २० व्यक्तिहरुलाई समेटेर २०१८ अंकित गरिएको छ। जसले नयाँ वर्षलाई प्रतिकात्मक ढंगबाट समेट्न खोजेको छ। पुरातात्विक स्तुपको अगाडि खिचिएको सो तस्बिर निकै कलात्मक देखिएको छ।


(सिन्ह्वा समाचार एजेन्सीको सहयोगमा)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।