• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार ८, २०८३ Mon, Jun 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

खाँडो खोलाको साढे ४ करोडको बाँध विवादित, ठेक्का प्रक्रिया छल्न उपभोक्ता समिति

स्थानीय भन्छन्– स्टेप-स्टेपमा भ्रष्टाचार छ
64x64
नेपाल लाइभ शनिबार, भदौ ७, २०७६  १५:१४
1140x725

राजविराज– राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिमार्फत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा निर्माण गरिएको बाँध विवादित बनेको छ। 

बाँध निर्माणका क्रममा मादण्डको अनुपातमा जिओआई ब्याग (किरा नलाग्ने र नमक्किने बोरा) को प्रयोग कम गरी बालुवा मात्रै थुपारेको, गुणस्तरहिन तारजालीको प्रयोग भएको, चलनचल्तीभन्दा बढी खर्च गरेर निर्माण सामग्री खरिद गरिएको र आफन्तको जग्गाको मूल्य बढाउन त्यस अगाडिका जग्गालाई खोलामा पारेर बाँध निर्माण गरिएको स्थानीयको आरोप छ।

गाउँपालिका अध्यक्षले पार्टीका कार्यकर्ता, आफन्त र आसेपासे राखेर बनाएको उपभोक्ता समितिमार्फत निर्माण गराएको कमजोर बाँधका कारण रुपनी बजार र त्यस क्षेत्रका करिब ३ सय घर खतरामा परेको तथा सर्वसाधारणको करिब १ सय बिघा जग्गा खोलामा परेको उनीहरुले गुनासो गरे।

बोरामा बालुवा हालेर बाँधको भित्री भाग तयार गर्नुपर्ने तथा बाहिरबाट ढुंगा र जाली हालेर बनाउनुपर्ने वाँधको पश्चिम भागमा बालुवा मात्रै थुपारेर बाहिर साधारण प्लास्टिक ओछ्याई त्यसपछि ढुंगा र जाली लगाइएको स्थानीयको आरोप छ। गुणस्तरहीन तारजाली तथा ढुंगाको परिमाणसमेत घटाएर बाँध निर्माणमा भ्रष्टाचार गरिएको स्थानीय दुखिलाल यादवले बताए। ‘जिओआई ब्याग र तारजालीमा ठूलो चलखेल भएको छ,’ उनले भने, ‘हरेक स्टेपमा अनियमितता छ, सम्बन्धित निकायले छानबिन गरोस्। यथार्थ कुरा प्रमाणित हुन्छ।’

बाँधमा प्रयोग भएको ४५ सय घनमिटर ढुंगाको खरिद मूल्य प्रतिघनमिटर ३ हजार देखाइएको तर उक्त ढुंगाको मूल्य प्रतिघनमिटर २ हजार ६ सयभन्दा माथि हुनै नसक्ने पनि अर्का स्थानीयवासी रामचन्द्र यादवले दाबी गरे। ‘गत असार अन्तिम र साउनको पहिलो साता आएको जस्तै बाढी फेरि दोहोरिए कुनै पनि बेला बाँध भत्किने अवस्थाको छ,’ उनले भने, ‘बाँध निर्माणको निष्पक्ष छानबिन तथा गाउँपालिकाभन्दा बाहिरको प्राविधिकले मूल्यांकन गरोस् भन्ने हाम्रो माग हो।’

गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भने बाँध निर्माणका कारण रुपनी बजार खाँडोको त्रासवाट मुक्त भएको तथा त्यस क्षेत्रको डेढ सय बिघा जग्गा पनि उकास भएको दाबी गरे। ‘बाँध निर्माण नगरेको भए यसै वर्ष रुपनी बजार खतरामा थियो,’ उनले भने, ‘बाँध बनेपछि ५ हजार पनि मूल्यांकन नहुने आसपासको जग्गा ५ लाख रुपैयाँ कठ्ठा मूल्यांकन हुन थालेको छ। स्थानीय पनि खुसी नै छन्।’

अनौपचारिक कुराकानीमा बाँधको केही भागमा जिओआई ब्याग नपरेको विषय अध्यक्ष यादवले पनि स्विकार गरे। तर, आरोप लगाएजस्तो बालुवा थुपारेर प्लास्टिक ओछ्याईएको विषय भने उनले अस्विकार गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यसरी भयो बाँध निर्माण
राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति खुमलटारमार्फत रुपनी गाउँपालिकामा खाँडोको बाँध निर्माण गर्न ४ करोड ७५ लाख ७ हजार १ सय ७८ रुपैयाँको स्टिेमेट बन्यो। धरौटी, करकट्टा र जनसहभागिता कटाएर गाउँपालिकाले कुल ४ करोड ४४ लाख १९ हजार २ सय १० रुपैयाँ पायो। तर, समयमा काम सुरु भएन।

गाउँपालिकाले जेठ ५ गतेदेखि मात्रै बाँध निर्माणको काम सुरु गरेको अध्यक्ष यादव बताउँछन्। अनुदानमा पाएको रकम बैसाखको अन्तिम साता पाएपछि काम गर्नैपर्ने हुटहुटी तथा टेन्डरको प्रक्रिया पूरा गर्दा पैसा फिर्ता जाने दबाबका बीचमा काम सम्पन्न गरिएको उनले दाबी गरे।

गाउँपालिकाले स्थानीय रामकुमार यादव, कृष्णदेव यादव, लालबहादुर मेहता, सदानन्द यादव र राजकुमार ठाकुरको अध्यक्षतामा ५ वटा निर्माण समिति बनाएर पाँच वटै प्याकेजमा काम गरेको छ। करिब एक साताअघि मात्रै काम सम्पन्न भएको अध्यक्ष यादवले जानकारी दिए।

७ सय ७० मिटर लम्बाइ र साढे ३ मिटर उचाइको बाँधको तलको भागमा तारजाली र ढुंगाको तटबन्ध बनाइएको छ। माथिल्लो भागमा ५ मिटर तथा भुइँमा ६ मिटर ६० सेन्टिमिटर चौडाइको बाँध निर्माण भएको यादले बताए। यसैगरी, माथिको भागमा ३ दशमलव ३ मिटर चपरी हालिएको छ।

३० प्रतिशत लिएर ठेकेदारलाई नै काम
गाउँपालिका अध्यक्षले समयमा पैसा नआएर टेन्डर प्रक्रिया पूरा गर्न नसकेको र उपभोक्ता समितिमार्फत निर्माणको काम गर्नुपरेको बाध्यता सुनाइरहेका बेला स्थानीयवासी तथा असन्तुष्ट पक्षले भने योजना लुकाएर गाउँपालिकाका अध्यक्ष र पदाधिकारीकै मिलेमतोमा भ्रष्टाचार गरिएको आरोप लगाएका छन्।

टेन्डरमा काम गर्दा कमिसन नआउने भएकाले निर्माण व्यवसायीकै मिलेमतोमा ६/७ महिनासम्म योजना लुकाएर अन्तिम समयमा उपभोक्ता समितिमार्फत काम गराइएको उनीहरुको बुझाइ छ।

स्थानीयले समिति निर्माणको चरणदेखि नै गाउँपालिकाको विरोध गर्दै आएका छन्। निर्माण स्थलमा योजना सम्बन्धी सूचना बोर्ड नराखेको, स्टिमेट माग्दा नदिएको र उपभोक्ता समितिको नामावलीसमेत जानकारी नदिइएको भन्दै नेकपामा नेता रामभजु यादवको अध्यक्षतामा संघर्ष समिति नै गठन भयो। आफ्ना मान्छेको जग्गाको मोल बढाउन अरुको जग्गा खोलामा पारेर बाँध बनाएको भन्दै सुवालाल यादव, सन्तोष यादव, प्रयाग यादव र अशोककुमार यादवले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा पनि हाले। तर, कतैबाट सुनुवाइ नभएको जैसवाल बताउँछन्।

गाउँपालिका अध्यक्ष यादवले भने योजनाको बारेमा मौखिक जानकारी दिए पनि योजना फाँट र लेखा फाँटका कर्मचारीहरु काठमाडौं गएको भन्दै योजनाको लगत इस्टिमेट उपलब्ध गरान मानेनन्। उपभोक्ता समितिमार्फत काम सुरु गरे पनि पहिलो चरणमा निर्माण व्यवसायीमार्फत नै काम गरेको उनले स्विकार गरे। ‘सुरुमा अलिकति काम त्यसरी भएको थियो। तर स्थानीयले अवरोध गरेपछि रोक्यौं,’ उनले भने, ‘आरोप लगाएजसरी सबै काम निर्माण व्यवसायीवाट गराएको र कमिसन लिएको विषय गलत हो।’

उपभोक्ता समिति गठन गरी समितिकै माध्यमबाट ३० प्रतिशत कमिसन लिएर निर्माण व्यवसायीमार्फत काम गराइएको स्थानीय बताउँछन्।

ठेकेदार नै विवादित
‘भ्रष्टाचार तथा लागुपदार्थ मुक्त रुपनी गाउँपालिका’ का संयोजक राजु जैसवालका अनुसार बाँध निर्माणको काम निर्माण व्यवसायी दिलीप दास र अनिल मण्डलले सम्पन्न गरेका छन्। 

दास, प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीमा सञ्चालित योजनामा किर्ते समिति गठन प्रकरणमा गत बैसाखमा पक्राउ परेका थिए। राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्व सांसद बिपी यादव र पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतसमेत जोडिएको प्रकरणमा पक्राउ परेका दासलाई सप्तरी जिल्ला अदालतले २ लाख ५० हजार धरौटीमा छोडेको थियो। 

समन्वय समितिका प्रमुख र सिडिओसहितको अनुगमन
विवादकै बीच रुपनी गाउँपालिकाले भदौ १ गते जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव, सप्तरीका सिडिओ सुरेन्द्र पौडेल, प्रहरी प्रमुख मनोजकुमार यादव, राजपा केन्द्रीय सदस्य दिनेश यादव, राजपा सप्तरीका पूर्व संयोजक अमरनाथ मण्डल, राजपाकै विद्यार्थी नेता शम्भु यादव, विभिन्न वडा अध्यक्ष, सदस्य तथा सञ्चारकर्मीहरुद्वारा योजनाको अनुगम गरायो। स्थानीयवासीले उक्त अनुगमन अनियमितता गरी सम्पन्न गरिएको योजनालाई आधिकारिक्ता दिनका लागि प्रयोग गरिएको आरोप लगाए।

बाँधको अनुगमन गरेर फर्केका सिडिओ पौडेलले पनि बाँध निर्माणका लागि उपभोक्ता समिति निर्माणका बखत विवाद भएको स्विकारे। त्यसपछिका चरणमा अनियमिता भएको विषयमा स्थानीयले विवाद गरेको र छानबिन तथा निरक्षणका लागि कुनै सूचना नआएको उनको भनाइ छ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने आइतबार, असार ७, २०८३
रास्वपालाई लडाउने अरु कसैको तागत छैन : रवि लामिछाने आइतबार, असार ७, २०८३
अख्तियार पदाधिकारी प्रकणमा प्रधानमन्त्रीको प्रष्टीकरण, ‘आवश्यक परे अख्तियारलाई ५ वर्ष राखेर सल्लाह गरिन्छ’ आइतबार, असार ७, २०८३
सीमाको विषयमा प्रधानमन्त्रीले भने, ‘ब्रिटिसलाई मध्यस्तकर्ता बनाउन खोजेका होइनौं, प्रमाण ल्याउँछौं भनेको हो’ आइतबार, असार ७, २०८३
हाम्रो गाडी अनियन्त्रित छैन, गन्तव्यमा पुगेपछि मात्र रोकिन्छ : प्रधानमन्त्री शाह आइतबार, असार ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालकुमारीमा गोली चल्याे, तीन लागुऔषध कारोबारी पक्राउ शनिबार, असार ६, २०८३
महाधिवेशनका लागि चितवन पुगे रवि लामिछाने शनिबार, असार ६, २०८३
रास्वपा महाधिवेशनमा सहभागी हुन कुन दलबाट कुन-कुन नेता पुगे ? आइतबार, असार ७, २०८३
गगनले दिए रास्वपालाई महाधिवेशनको शुभकामना आइतबार, असार ७, २०८३
कोशी प्रदेशबाट नेपाल प्रवेश गर्‍यो मनसुन,आज यि स्थानमा हुनेछ वर्षा शनिबार, असार ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपा महाधिवेशन: ओली नजाने, गगनले निर्णय गरेका छैनन्, स्वास्थ्य सुधार भए प्रचण्ड जाने शुक्रबार, असार ५, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्