• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

खाँडो खोलाको साढे ४ करोडको बाँध विवादित, ठेक्का प्रक्रिया छल्न उपभोक्ता समिति

स्थानीय भन्छन्– स्टेप-स्टेपमा भ्रष्टाचार छ
64x64
नेपाल लाइभ शनिबार, भदौ ७, २०७६  १५:१४
1140x725

राजविराज– राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समितिमार्फत सप्तरीको रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा निर्माण गरिएको बाँध विवादित बनेको छ। 

बाँध निर्माणका क्रममा मादण्डको अनुपातमा जिओआई ब्याग (किरा नलाग्ने र नमक्किने बोरा) को प्रयोग कम गरी बालुवा मात्रै थुपारेको, गुणस्तरहिन तारजालीको प्रयोग भएको, चलनचल्तीभन्दा बढी खर्च गरेर निर्माण सामग्री खरिद गरिएको र आफन्तको जग्गाको मूल्य बढाउन त्यस अगाडिका जग्गालाई खोलामा पारेर बाँध निर्माण गरिएको स्थानीयको आरोप छ।

गाउँपालिका अध्यक्षले पार्टीका कार्यकर्ता, आफन्त र आसेपासे राखेर बनाएको उपभोक्ता समितिमार्फत निर्माण गराएको कमजोर बाँधका कारण रुपनी बजार र त्यस क्षेत्रका करिब ३ सय घर खतरामा परेको तथा सर्वसाधारणको करिब १ सय बिघा जग्गा खोलामा परेको उनीहरुले गुनासो गरे।

बोरामा बालुवा हालेर बाँधको भित्री भाग तयार गर्नुपर्ने तथा बाहिरबाट ढुंगा र जाली हालेर बनाउनुपर्ने वाँधको पश्चिम भागमा बालुवा मात्रै थुपारेर बाहिर साधारण प्लास्टिक ओछ्याई त्यसपछि ढुंगा र जाली लगाइएको स्थानीयको आरोप छ। गुणस्तरहीन तारजाली तथा ढुंगाको परिमाणसमेत घटाएर बाँध निर्माणमा भ्रष्टाचार गरिएको स्थानीय दुखिलाल यादवले बताए। ‘जिओआई ब्याग र तारजालीमा ठूलो चलखेल भएको छ,’ उनले भने, ‘हरेक स्टेपमा अनियमितता छ, सम्बन्धित निकायले छानबिन गरोस्। यथार्थ कुरा प्रमाणित हुन्छ।’

बाँधमा प्रयोग भएको ४५ सय घनमिटर ढुंगाको खरिद मूल्य प्रतिघनमिटर ३ हजार देखाइएको तर उक्त ढुंगाको मूल्य प्रतिघनमिटर २ हजार ६ सयभन्दा माथि हुनै नसक्ने पनि अर्का स्थानीयवासी रामचन्द्र यादवले दाबी गरे। ‘गत असार अन्तिम र साउनको पहिलो साता आएको जस्तै बाढी फेरि दोहोरिए कुनै पनि बेला बाँध भत्किने अवस्थाको छ,’ उनले भने, ‘बाँध निर्माणको निष्पक्ष छानबिन तथा गाउँपालिकाभन्दा बाहिरको प्राविधिकले मूल्यांकन गरोस् भन्ने हाम्रो माग हो।’

गाउँपालिकाका अध्यक्ष हरेराम यादवले भने बाँध निर्माणका कारण रुपनी बजार खाँडोको त्रासवाट मुक्त भएको तथा त्यस क्षेत्रको डेढ सय बिघा जग्गा पनि उकास भएको दाबी गरे। ‘बाँध निर्माण नगरेको भए यसै वर्ष रुपनी बजार खतरामा थियो,’ उनले भने, ‘बाँध बनेपछि ५ हजार पनि मूल्यांकन नहुने आसपासको जग्गा ५ लाख रुपैयाँ कठ्ठा मूल्यांकन हुन थालेको छ। स्थानीय पनि खुसी नै छन्।’

अनौपचारिक कुराकानीमा बाँधको केही भागमा जिओआई ब्याग नपरेको विषय अध्यक्ष यादवले पनि स्विकार गरे। तर, आरोप लगाएजस्तो बालुवा थुपारेर प्लास्टिक ओछ्याईएको विषय भने उनले अस्विकार गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसरी भयो बाँध निर्माण
राष्ट्रपति चुरे–तराई–मधेस संरक्षण विकास समिति खुमलटारमार्फत रुपनी गाउँपालिकामा खाँडोको बाँध निर्माण गर्न ४ करोड ७५ लाख ७ हजार १ सय ७८ रुपैयाँको स्टिेमेट बन्यो। धरौटी, करकट्टा र जनसहभागिता कटाएर गाउँपालिकाले कुल ४ करोड ४४ लाख १९ हजार २ सय १० रुपैयाँ पायो। तर, समयमा काम सुरु भएन।

गाउँपालिकाले जेठ ५ गतेदेखि मात्रै बाँध निर्माणको काम सुरु गरेको अध्यक्ष यादव बताउँछन्। अनुदानमा पाएको रकम बैसाखको अन्तिम साता पाएपछि काम गर्नैपर्ने हुटहुटी तथा टेन्डरको प्रक्रिया पूरा गर्दा पैसा फिर्ता जाने दबाबका बीचमा काम सम्पन्न गरिएको उनले दाबी गरे।

गाउँपालिकाले स्थानीय रामकुमार यादव, कृष्णदेव यादव, लालबहादुर मेहता, सदानन्द यादव र राजकुमार ठाकुरको अध्यक्षतामा ५ वटा निर्माण समिति बनाएर पाँच वटै प्याकेजमा काम गरेको छ। करिब एक साताअघि मात्रै काम सम्पन्न भएको अध्यक्ष यादवले जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

७ सय ७० मिटर लम्बाइ र साढे ३ मिटर उचाइको बाँधको तलको भागमा तारजाली र ढुंगाको तटबन्ध बनाइएको छ। माथिल्लो भागमा ५ मिटर तथा भुइँमा ६ मिटर ६० सेन्टिमिटर चौडाइको बाँध निर्माण भएको यादले बताए। यसैगरी, माथिको भागमा ३ दशमलव ३ मिटर चपरी हालिएको छ।

३० प्रतिशत लिएर ठेकेदारलाई नै काम
गाउँपालिका अध्यक्षले समयमा पैसा नआएर टेन्डर प्रक्रिया पूरा गर्न नसकेको र उपभोक्ता समितिमार्फत निर्माणको काम गर्नुपरेको बाध्यता सुनाइरहेका बेला स्थानीयवासी तथा असन्तुष्ट पक्षले भने योजना लुकाएर गाउँपालिकाका अध्यक्ष र पदाधिकारीकै मिलेमतोमा भ्रष्टाचार गरिएको आरोप लगाएका छन्।

टेन्डरमा काम गर्दा कमिसन नआउने भएकाले निर्माण व्यवसायीकै मिलेमतोमा ६/७ महिनासम्म योजना लुकाएर अन्तिम समयमा उपभोक्ता समितिमार्फत काम गराइएको उनीहरुको बुझाइ छ।

स्थानीयले समिति निर्माणको चरणदेखि नै गाउँपालिकाको विरोध गर्दै आएका छन्। निर्माण स्थलमा योजना सम्बन्धी सूचना बोर्ड नराखेको, स्टिमेट माग्दा नदिएको र उपभोक्ता समितिको नामावलीसमेत जानकारी नदिइएको भन्दै नेकपामा नेता रामभजु यादवको अध्यक्षतामा संघर्ष समिति नै गठन भयो। आफ्ना मान्छेको जग्गाको मोल बढाउन अरुको जग्गा खोलामा पारेर बाँध बनाएको भन्दै सुवालाल यादव, सन्तोष यादव, प्रयाग यादव र अशोककुमार यादवले उच्च अदालत जनकपुर, राजविराज इजलासमा मुद्दा पनि हाले। तर, कतैबाट सुनुवाइ नभएको जैसवाल बताउँछन्।

गाउँपालिका अध्यक्ष यादवले भने योजनाको बारेमा मौखिक जानकारी दिए पनि योजना फाँट र लेखा फाँटका कर्मचारीहरु काठमाडौं गएको भन्दै योजनाको लगत इस्टिमेट उपलब्ध गरान मानेनन्। उपभोक्ता समितिमार्फत काम सुरु गरे पनि पहिलो चरणमा निर्माण व्यवसायीमार्फत नै काम गरेको उनले स्विकार गरे। ‘सुरुमा अलिकति काम त्यसरी भएको थियो। तर स्थानीयले अवरोध गरेपछि रोक्यौं,’ उनले भने, ‘आरोप लगाएजसरी सबै काम निर्माण व्यवसायीवाट गराएको र कमिसन लिएको विषय गलत हो।’

उपभोक्ता समिति गठन गरी समितिकै माध्यमबाट ३० प्रतिशत कमिसन लिएर निर्माण व्यवसायीमार्फत काम गराइएको स्थानीय बताउँछन्।

ठेकेदार नै विवादित
‘भ्रष्टाचार तथा लागुपदार्थ मुक्त रुपनी गाउँपालिका’ का संयोजक राजु जैसवालका अनुसार बाँध निर्माणको काम निर्माण व्यवसायी दिलीप दास र अनिल मण्डलले सम्पन्न गरेका छन्। 

दास, प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट सप्तरीमा सञ्चालित योजनामा किर्ते समिति गठन प्रकरणमा गत बैसाखमा पक्राउ परेका थिए। राजपा नेपालका केन्द्रीय सदस्य एवं पूर्व सांसद बिपी यादव र पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतसमेत जोडिएको प्रकरणमा पक्राउ परेका दासलाई सप्तरी जिल्ला अदालतले २ लाख ५० हजार धरौटीमा छोडेको थियो। 

समन्वय समितिका प्रमुख र सिडिओसहितको अनुगमन
विवादकै बीच रुपनी गाउँपालिकाले भदौ १ गते जिल्ला समन्वय समिति प्रमुख प्रभाकर यादव, सप्तरीका सिडिओ सुरेन्द्र पौडेल, प्रहरी प्रमुख मनोजकुमार यादव, राजपा केन्द्रीय सदस्य दिनेश यादव, राजपा सप्तरीका पूर्व संयोजक अमरनाथ मण्डल, राजपाकै विद्यार्थी नेता शम्भु यादव, विभिन्न वडा अध्यक्ष, सदस्य तथा सञ्चारकर्मीहरुद्वारा योजनाको अनुगम गरायो। स्थानीयवासीले उक्त अनुगमन अनियमितता गरी सम्पन्न गरिएको योजनालाई आधिकारिक्ता दिनका लागि प्रयोग गरिएको आरोप लगाए।

बाँधको अनुगमन गरेर फर्केका सिडिओ पौडेलले पनि बाँध निर्माणका लागि उपभोक्ता समिति निर्माणका बखत विवाद भएको स्विकारे। त्यसपछिका चरणमा अनियमिता भएको विषयमा स्थानीयले विवाद गरेको र छानबिन तथा निरक्षणका लागि कुनै सूचना नआएको उनको भनाइ छ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला?
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
काठमाडाैमा देखिन थाल्याे अर्नवकाे असर बिहीबार, कात्तिक १२, २०८३
वैज्ञानिकले भेटे आयु बढाउने औषधिको सङ्केत, मुसामा सफल- मानिसमा के होला? बिहीबार, कात्तिक १२, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्