• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सुदूरपश्चिममा जलाशययुक्त आयोजनामा जोड, प्रतिव्यक्ति खपत १५ सय युनिट पुर्‍याउनुपर्ने 

64x64
नेपाल लाइभ शुक्रबार, भदौ ६, २०७६  ०९:४५
1140x725

धनगढी- जलस्रोत क्षेत्रका विज्ञहरूले जलविद्युत उत्पादन र विक्रीबाट सुदूरपश्चिम प्रदेशको द्रुत आर्थिक समृद्धि सम्भव हुने औंल्याएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आयोजनामा बिहीबार समापन 'सुदूरपश्चिम प्रदेशको दिगो विकासका लागि जलविद्युत’ गोष्ठीमा प्रस्तुत भएका तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशमा सम्भावित १८ हजार एक सय ४९ मेगावाट विद्युत उत्पादन गर्दा वार्षिक ७ खर्ब २५ अर्ब रुपैयाँको विद्युत बिक्री गर्न सकिनेछ। सुदूरपश्चिमको सम्भावित विद्युत उत्पादन गर्न ३६ खर्ब २९ अर्ब ८० करोड रुपैयाँ लगानी आवश्यक पर्ने विज्ञहरूले बताएका छन्। 

कार्यक्रममा विज्ञहरूले समृद्धि भित्र्याउनका लागि सुदूरपश्चिम प्रदेशले जलविद्युत खपत प्रतिव्यक्ति एक सय ३० युनिटबाट एक हजार ५ सय युनिट पुर्‍याउनुपर्ने र जलाशययुक्त आयोजनाहरू यथाशीघ्र अगाडि बढाउनुपर्ने सुझाव दिएका छन्। 

इपानका महासचिव आशिष गर्गले नेपालको आयस्तरले सुदूरपश्चिमका कर्णाली चिसापानी र पञ्चेश्वर आयोजना निर्माण गर्न निजी क्षेत्र सक्षम नरहेको बताए। उनले सरकार र निजी क्षेत्रको संयुक्त पहलमा पश्चिम सेती र एसआर सिक्स जस्ता ठूला आयोजना निर्माण गर्न सम्भव हुने बताए।

नेपाल सरकारका पूर्व ऊर्जा सचिव शीतलबाबु रेग्मीले राष्ट्रिय स्रोत बाँडफाँट वित्त आयोगले निष्पक्ष रुपमा स्रोत बाँडफाँट गरी प्रदेशहरूलाई विद्युत उत्पादनका लागि स्वस्थ प्रतिस्पर्धा गर्न वातावरण बनाउनुपर्ने बताए। उनले प्रदेशहरूलाई जलविद्युत उत्पादन गर्ने, निजी क्षेत्रलाई अनुमित दिने र अनुगमन गर्ने क्षेत्राधिकार छिट्टै निर्धारण गरिन आवश्यक रहेको बताए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव तथा सिनियर डिभिजनल इन्जिनियर गोकर्णराज पन्थले लगानी व्यवस्थापन गर्नुका साथै विदेशी लगानी आकर्षित गर्न आवश्यक रहेको बताए। उनले सुदूरपश्चिममा विदेशी लगानी आउन नसकेकाले यहाँको जलविद्युत विकास कमजोर रहेको बताए।

विद्युत विकास विभागकी उपमहानिर्देशक मनदेवी श्रेष्ठले जलविद्युत प्रवर्द्धकहरूलाई लगानी जुटाउन नै समस्या रहेको चर्चा गरिन्। विगतमा सर्त नराखी उत्पादन अनुमति दिँदा कैयौं खोलाहरूको अनुमति पत्र रद्द गर्नु परेको बताउँदै उपमहानिर्देशक श्रेष्ठले अनुमति लिएको एक वर्षभित्रै पूर्वाधार निर्माण थालनी गर्नुपर्ने सर्त राखिएको र त्यसले गर्दा उत्पादनको कामले तीव्रता पाएको बताइन्।

विश्व बैंक, अन्तर्राष्ट्रिय वित्त निगमका टिम लिडर भीष्म पण्डितले जलविद्युत उत्पादनका नेपाल सरकारको नीति नै प्रमुख चुनौती रहेको बताए। उनले नेपालको जलविद्युतमा एक विलियन अमेरिकी डलर लगानी गर्ने उद्देश्य अनुसार अन्तराष्ट्रिय वित्त निगमले एक सय मेगावाटभन्दा बढी क्षमताको आयोजनामा निजी क्षेत्रबाट लगानी गरिरहेको बताए।

Ncell 2
Ncell 2
nimb
nimb

अन्तर्राष्ट्रिय वित्त निगमकी एसिया टिम लिडर केट लाजारसले नेपालमा लगार्न गर्न निगम तत्पर रहेको बताइन्। उनले विदेशी लगानी ल्याउन निगमले विभिन्न प्रयत्न गरिरहेको जानकारी दिइन्। 

कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण राज्य मन्त्री प्रकाश रावलले प्रदेशका विभिन्न आयोजनामा लगानी बढाउन सुदूरपश्चिम प्रदेश सरकारले छिट्टै लगानी सम्मेलन गर्ने बताए। प्रदेश सरकारले वातावरणीय प्रभाव मूल्यांकनको अनुमति दिन सक्ने व्यवस्था गरिसकेको जानकारी दिँदै स्थानीय तहबाट जलविद्युत उत्पादन लक्ष्य लिनुपर्ने बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति बझाङका प्रमुख खड्कबहादुर खड्काले विद्युत उत्पादनमा झन्झटिलो कानुन परिर्माजन गर्न आवश्यक रहेको बताए। 

शिखर नगरपालिकाकाका प्रमुख सीताराम जोशीले सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहले एकएक करोड जम्मा गर्न कुनै ठूलो कुरा नरहको बताउँदै सबैले जम्मा गरे ८८ करोड हुने र बाँकी प्रदेश सरकारले थपेर एउटा ठूलो जलविद्युत आयोजना बनाउन सकिने बताए। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नौगाड गाउँपालिकाका अध्यक्ष प्रेमसिंह धामीले संविधानको मर्म अनुसार निजी क्षेत्रलाई परिचालन गरी सुदूरपश्चिम प्रदेशमा जलविद्युत उत्पादन सहजै गर्न सकिने वातावरण बनाउन सरकारले काम गर्नुपर्ने बताए।

नेपाल विद्युत प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक सतिशकुमार कर्णले चालु आर्थिक वर्ष २०७६/७७ मा सुदूरपश्चिम कैलाली, कञ्चनपुर, डोटी र डडेल्धुरामा विद्युत विस्तार गरिने र केही वर्षमा प्रदेशमा पूर्णरुपमा विद्युत पुर्‍याइने बताए। 

सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालयका निर्देशक हेमराज विष्टले अवका दिनमा जलविद्युत उत्पादनका लागि वन बाधक नभएर साधकको रुपमा प्रमाणित हुने बताए। कालंगागाड जलविद्युत आयोजनाका प्रमुख वीरेन्द्र मल्लले आयोजनाका ६५ प्रतिशत काम पूरा भएको जनाउँदै अवको एक डेढ वर्षमा उत्पादन सुरु हुने भनाइ राखे।

कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले उपभोक्तालाई नै जलविद्युत आयोजनाको शेयरधनि बनाएमा सुदूरपश्चिम प्रदेशमा जलविद्युत विकासका लागि लगानी जुटाउन सकिने बताए।
 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६  ०९:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्