लस एन्जल्स - अमेरिकी कलाकार मार्क सलिङ आफ्नो घर नजिकै मृत अवस्थामा भेटिएका छन्। चर्चित टिभी सिरियल ‘ग्ले’मा निभाएको भुमिकाका कारण चर्चित बनेका कलाकार सलिङलाई लस एन्जल्सस्थित घर नजिकै मृत अवस्थामा फेला पारिएको उनका वकिलले जनाएका छन्।
सलिङको मृत्युको पुष्टि गर्दै उनका वकिल माइकल जे प्रोक्टरले भने,‘आज कलाकार सलिङको मृत्यु भएको छ। सलिङ एक मायालु, सौम्य तथा रचनात्मक व्यक्ति थिए जो पछिल्लो समय आफ्ना केहि गम्भिर गल्तिहरुको प्रायश्चित गर्न कोशिष गरिरहेका थिए।’
अमेरिकी सञ्चार माध्यमका अनुसार ३५ वर्षिय सलिङ घरमा एक्लै बस्ने गर्थे।
बाबालिकामाथिको यौन दुव्र्यवहारका तस्विर राखेको आरोपमा सुनुवाई हुँदा दोषि पाइएका सलिङलाई ४ देखि ७ वर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको थियो। सो मुद्दाको सुनुवाई आगामि मार्च ७ का लागि तोकिएको थियो।
बाबालिकामाथिको यौन दुव्र्यवहारसम्बन्धि तस्विर राखेको गोप्य सुचनाका आधारमा उनलाई सन् २०१५ मा प्रहरीले पक्राउ गरेको थियो। सो क्रममा अनुसन्धानकर्ताहरुले उनको ल्यापटप र हार्ड ड्राइभबाट १ हजारभन्दा बढि यौन दुव्र्यवहारसम्बन्धि तस्विरहरु फेला पारेका थिए।
टिभी सिरियल ‘ग्ले’मा सन् २००९ देखि २०१५ सम्म उनी नोह पक पकरम्यानको भुमिकामा देखिएका थिए।
२० वर्षभन्दा बढी समयका लागि जेल सजाय सुनाइएपछि उनले गत अक्टोबरमा पुनरावेदन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।