काठमाडौं- सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेको छ।
नियमावली संशोधन गरेसँगै म्यानपावर कम्पनीले नयाँ व्यवस्था अनुसार न्यूनतम २ करोड देखि अधिकतम ६ करोडसम्म धरौटी रकम राख्नु पर्ने भएको छ।
तर धरौटी रकमको ब्याज माग गर्दै आएका म्यानपावर व्यवसायीले धरौटी रकमको ब्याज नपाउने पक्का भएको छ।
ऐनको दफा ११को उपदफा (२) बमोजिम प्राप्त नगद धरौटी मध्ये ९० प्रतिशत रकम विभागले कुनै वाणिज्य बैंकमा मुद्दति खाता खोली जम्मा गर्नु पर्नेछ।
(२) उपनियम (१)बमोजिम मुद्दति खातामा जम्मा गरेको रकमबाट प्राप्त व्याजको ७५ प्रतिशत रकम कोषमा जम्मा गरिनेछ।
(३) उपनियम (१) बमोजिम मुद्दति खातामा जम्मा गरेको रकमबाट प्राप्त व्याजको २५ प्रतिशत रकम विभागले बैदेशिकरोजगार व्यवसाय कोषको नाममा खाता खोलि जम्मा गर्नेछ।
(४) उपनियम (३) बमोजिमको कोषको नाममा रहेको रकम इजाजतपत्रवालाको व्यवसायीक क्षमता अभिवृद्धि तथा कल्याणकारी कार्य वा वैदेशिक रोजगार सम्बन्धी अध्ययन अनुसन्धानको कार्यमा खर्च गरिने उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।