काठमाडौं- अवैध रुपमा सुन ओसारपसार गर्ने एक जना विरुद्ध राजश्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलनको मुद्दा दायर गरेको छ। रसुवा जिल्ला गोसाइकुण्ड घर भएका पेम्बा ढिण्डुप तामाङविरुद्ध राजस्व चुहावट तथा विदेशी विनिमय अपचलनको मुद्दा दायर भएको हो।
काठमाडौं जिल्ला, चन्द्रागिरी नगरपालिका, नागढुंगा सडकमा चेकजाँच गर्ने क्रममा बा. ९० प २७३६ नम्वरको मोटर साइकलमा विना बिलबिजक लुकाई छिपाइ ल्याउदै गरेको अवस्थामा उनी पक्राउ परेका थिए। तामाङका साथबाट बरामद भएको एक केजी अवैध सुनको बिगो ५५ लाख ७३ हजार कायम गरी काठमाडौं जिल्ला अदालत मुद्दा दर्ता गरिएको जानकारी विभागले दिएको हो।
सुन चीनको केरुङबाट ल्याएको हो भनी तामाङले आफै बयान दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।