काठमाडौं– कुनै समय आमेश भण्डारी र नीता ढुंगानाबीचको प्रेम सम्बन्ध निकै चर्चामा थियो। दुवैले खुला रुपमा यो सम्बन्धलाई स्विकार्दै हिँडेका थिए। तर, यो जोडीको सम्बन्ध पनि अन्य सेलिब्रिटीको झैं क्षणभरको साबित भयो, पछिल्लो २ वर्षदेखि उनीहरु भिन्न छन्।
सम्बन्धमा हरियाली रहेकै समयमा उनीहरुले ‘फूलैफूलको मौसम तिमीलाई’ फिल्ममा एकसाथ अभिनय गरे। तर, फिल्म फ्लप भयो। फिल्मको असफलतासँगै उनीहरुको प्रेम पनि टुट्यो।
प्रेम सम्बन्ध टुटेपछि आफ्नो काममा तल्लीन भएका उनीहरु दुवै जना अहिले अभिनय यात्रामै सक्रिय रहेको देखिन्छ। दुई वर्षदेखि छुटेको जोडी संयोगले मंगलबार लक्स कामना अवार्ड समारोहको रेड कार्पेटमा एकसाथ देखिए।
दुई वर्षपछि मिडियाको नजरमा सँगसँगै देखिएका यी दुईले आफ्नो ब्रेकअप र अहिलेको सम्बन्धबारे सफाइ समेत दिन भ्याए। सञ्चारकर्मीहरुको प्रश्नमा उनीहरुले अब पुनर्मिलन सम्भावना नरहेको संकेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।