मुम्बई (एजेन्सी)– बलिउडकी भेट्रान नायिका जीनत अमानले एक व्यापारीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छिन्।
६६ वर्षीय पूर्व नायिकाले मुम्बईको जुहु पुलिस स्टेशनमा आफूमाथि दुर्व्यवहार भएको भन्दै जाहेरी दर्ता गरेको न्युज एजेन्सी एएनआईले जनाएको छ। जाहेरी दायर भएपछि प्रहरीले अभियुक्त व्यापारीसँग बयान लिएको बताइएको छ।
जीनत र अभियुक्त व्यापारीबीच केही समयअघि चिनजान भएको र व्यापारीको व्यवहार मन नपरेपछि जीनतले कुरा गर्ने छाडेको प्रहरीले जनाएको छ। तर, अभियुक्त व्यापारीले बेला–बेलामा फोन गरेर उनलाई दुःख दिने गरेका थिए।
कुनै समयकी मिस इन्डिया जीनत ७० को दशककी चर्चित अभिनेत्री हुन्। उनको 'हरेराम हरेकृष्ण', 'यादो कि बरात', 'सत्यम् शिवम् सुन्दरम्', 'हेराफेरी', 'कुर्बानी', 'डन', 'इन्साफ का तराजु', 'लावारिस' लगायत फिल्म निकै चर्चित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।