काठमाडौं- सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतका निकायमा ३ सय ९२ अस्थाई दरबन्दी स्वीकृत गरेको छ।
सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्का निर्यण सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतका सडक विभाग र रेल विभागबाट सञ्चालित विभिन्न आयोजना तथा योजनाका लागि राजपत्रांकित अधिकृतस्तरका कर्मचारीको दरबन्दी स्वीकृत गरेको हो।
विभिन्न आयोजनामा कर्मचारी अभावका कारण कामले तीव्रता पाउन नसकेको भन्दै सरकारले उक्त संख्यामा अस्थाइ कर्मचारी भर्ना गर्न स्वीकृति दिएको हो।
सडक विभाग र रेल विभाग अन्तर्गत भएकाले नयाँ भर्ना गरिने अधिकृत स्तरका कर्मचारीहरु प्राविधिक हुने मन्त्रालयले जनाएको छ। सरकारले रेल-वे सेवा विस्तारको काम उच्च प्राथमिकता दिएको छ।
सरकारले पूर्वपश्चिम रेल, बर्दिवास सिमरा, रक्सौल–काठमाडौं, केरुङ–काठमाडौंलगायत विभिन्न स्थानमा रेलमार्ग निर्माण गर्ने लक्ष्य लिएको छ। त्यसअन्तर्गत आवश्यक कर्मचारी राख्न भौतिक पूर्वाधार मन्त्रालयले सरकारसँग स्वीकृति माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।