काठमाडौं- सरकारले वित्तीय क्षेत्रसँग सम्बन्धित ४ वटा विधयेक संसदमा प्रस्तुत गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदका पछिल्ला दुई बैठकले वित्तीय क्षेत्रसँग सम्बन्धित चार कानुन बनाउन संसदमा पेस गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधयेक २०७६, बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधयेक २०७६ र धितोपत्र सम्बन्धि ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार सार्वजनिक ऋण व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पनि संसदमा दर्ता गर्न स्वीकृति दिइएको छ।
सरकारले यसअघि नै बीमा विधयेक पनि संसदमा दर्ता गरिसकेको छ। तर बीमा विधयेकभन्दा पछि दर्ता भएका विधयेक प्रतिनिधिसभाबाट पारित भैसकेका भए पनि बीमा विधयेक भने छलफलमै अघि बढाइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।