काभ्रे– एमालेको भातृ संगठन अनेरास्ववियुले काभ्रेको नमोबुद्धमा बिद्यार्थी शहिद पार्क बनाउने भएको छ। शहिद दिवसको अवसरमा मंगलबार पार्कको शिलान्यास गरिएको छ।
राजनीतिक आन्दोलनमा ज्यान गुमाउने बिद्यार्थी नेताहरुको सम्झनामा अनेरास्ववियुले पार्क बनाउन थालेको हो। नमोबुद्ध नगरपालिकाको प्रसिद्ध नमोबुद्ध क्षेत्र नजिकै पार्क बनाउन लागिएको छ।
अनेरास्ववियुका पूर्वअध्यक्ष तथा बरिष्ठ अधिवक्ता बिश्वकान्त मैनाली र अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले पार्कको संयुक्त रुपमा शिलान्यास गरेका छन्। राजनीतिक संघर्षका क्रममा ज्यान गुमाउने बिद्यार्थी नेताहरुको त्यहाँ सालिक स्थापना गरिने अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले बताए।
कार्यक्रममा नमोबुद्व नगरपालिकाका मेयर टिपी शर्मा तिमल्सिना,, अनेरास्ववियुका सचिव समिक बडाल,आरसी लामिछाने, पवक्ता सुदिप शर्मा लगायतको बिद्यार्थी नेताहरु उपस्थित थिए।
पार्क निर्माणका लागि पूर्व गाविस अध्यक्ष पदमबहादुर लामाले २ रोपनी जग्गा अनुदान गरिएको र पार्क निर्माणका लागि सहयोग जुटाइने सचिव बडालले बताए। पार्कलाई संग्रालयका रुपमा बिकास गरिने अनेरास्ववियुले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।