काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सहिदको बलिदानबाट नेपाली जनताले प्रजातन्त्रको सुनौलो बिहानी देख्ने अवसर प्राप्त भएको बताएका छन्।
सहिद दिवसको अवसरमा पार्टीले मंगलबार आयोजना गरेको श्रद्धाञ्जलि कार्यक्रममा पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री थापाले प्रजातन्त्र स्थापना भएको ६७ वर्षसम्म पनि राजनीतिक स्थिरता कायम हुन नसकेकोमा दुःख समेत व्यक्त गरे।
अध्यक्ष थापाले नयाँ जनादेशअनुसार अब केही दिनमा नयाँ सरकार बन्न लागे पनि राजनीतिक स्थिरता, आर्थिक समृद्धिको मुद्दामा साझा दृष्टिकोण नबनेकाले जनताको चाहना अधुरै रहनेमा आशंका व्यक्त गरे।
कार्यक्रममा पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङ र महामन्त्री जयन्त चन्दले सहिदको त्याग र बलिदान सम्झेर दलहरु राष्ट्रिय हितका लागि पार्टीभन्दा माथि उठेर एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।