नयाँ दिल्ली (एजेन्सी)– बलिउड अभिनेता वरुण धवनको मोमको पुतलाले हङकङको मेडम तुसाद संग्रहालयमा स्थान पाएको छ। भारतका राष्ट्रपिता महात्मा गान्धी, प्रधानमन्त्री नरेन्द्र मोदी र बलिउड महानायक अमिताभ बच्चनको मोमको पुतला यसअघि नै संग्रहालयमा स्थापित गरिएको थियो।
मंगलबार वरुण धवनले यसको अनावरण भव्यरुपमा गरे। कार्यक्रममा उनका पिता डेभिड धवन र आमा करुणाको पनि उपस्थिती थियो। वरुणले सोसल मिडियामा आफ्नो पुतलासँगै फोटो खिचेर सार्वजनिक गरेका थिए।
उनी ‘सिक्स प्याक एप्स’ सँगै ज्याकेटमा देखिएका छन्। पुतलामा देखिएको उनको ज्याकेट फिल्म ‘एबिसिडी–२’ मा उनले पहिरिएका थिए। पुतला बन्नु अगाडि यसको तयारीका लागि आफूले गर्नु परेको कामको पनि उनले सोसल मिडियामा सेयर गरेका छन्।
वरुणले २०१२ मा ‘स्टुडेन्ड अफ दि इयर’ बाट बलिउडमा डेव्यु गरेका थिए। उनले हालसम्म ९ वटा फिल्ममा काम गरिसकेका छन्। उनको एउटा पनि फिल्म फ्लप भएको छैन्।
गत वर्ष रिलिज भएको उनको फिल्म ‘जुडुवा–२’ ले एक सय करोड बढीको बिजनेस गरेको थियो। अहिले उनी ‘अक्टुबर’ र ‘सुई धागा’ को सुटिङमा व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।