वासिङटन- उत्तर कोरियाका लागि अमेरिकी विशेष दूतले जापान र दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन्।
विशेष दूत जोसेफ युनले आगामी फेब्रुअरी १ देखि ६ सम्म जापान र दक्षिण कोरियाको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
युन अमेरिकाको उत्तर कोरिया नीतिसम्बन्धि विशेष प्रतिनिधि र दक्षिण कोरिया र जापानको लागि उपसहायक मन्त्रीका रुपमा कार्यरत छन्।
विशेष दुत युनले भ्रमणको क्रममा टोकियो र सोलस्थित उच्चस्तरीय अधिकारीसँग भेटघाट गर्ने र उत्तर कोरियासँगको द्विपक्षीय मुद्दाको बिषयमा छलफल हुने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
टोकियोमा युनले एक सम्मेलनमा समेत सहभागीता जनाउने कार्यक्रम छ।
उत्तर कोरियाले दक्षिण कोरियामा अर्को महिना हुने शीतकालीन ओलम्पिकमा सहभागीता जनाउने भएपछि दुई कोरियालीबीच पछिल्लो समयमा सम्बन्धमा केही सुधार आएको बताइन्छ। यस्तो अवस्थामा हुन लागेको युनको भ्रमण विश्व राजनीतिमा अर्थपूर्ण रहने बताइएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।