नयाँ दिल्ली - भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ। सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ।
विश्व वातावरणसम्बन्धी संस्था ग्रिन पिसको भारत शाखाले मङ्गलबार सार्वजनिक गरेको उक्त अध्ययन प्रतिवेदनमा सो तथ्य सार्वजनिक गरिएको बताइएको छ।
भारतका मुख्य ३० वटा सहर प्रदूषित रहेका र तीमध्ये सबैभन्दा बढी प्रदूषण नयाँ दिल्ली सहरमा पाइएको हो। लखनाउ, नोएडा, गाजियाबाद, वनारस, इलाहबाद, कानपुर र आग्रा पनि प्रदूषित सहरमा परेका सो अध्ययनले देखाएको छ।
दिल्ली र उत्तर प्रदेशका अतिरिक्त राजस्थान, महाराष्ट्र र बिहार राज्यमा पनि प्रदूषणको मात्रा अधिक भेटिएको छ। यो अध्ययन वायु प्रदूषणको मात्रामा आधारित रहेको ग्रिन पिसले जनाएको छ।
यी राज्य र सहरहरुमा बढ्दो वायु प्रदूषणका कारण विशेषगरी बालबालिका बढी मात्रामा प्रभावित भएको पाइएको समेत सो प्रतिवेदनमा उल्लेख छ। ती राज्यमा पाँच वर्ष मुनिका करिब १ करोड २९ लाख बालबालिका बस्छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।