काठमाडौं- सरकारले काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) स्वीकृत गरेको छ। रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पठाएको झण्डै ५ महिनापछि फास्ट ट्रयाकको डिपिआर स्वीकृत भएको हो।
कोरियाली कम्पनी ससुङल तयार पारेको डिपिआर गत चैत ११ गते रक्षा मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको थियो। कम्पनीले प्रतिवेदन निर्माणका लागि ६ महिनाको समयक खर्चेको थियो।
सरकारले स्वीकृत गरेको डिपिआरमा फास्ट ट्रयाकको लागत १ खर्ब ५५ अर्ब उल्लेख गरिएको छ। यसअघि भारतीय कम्पनी आईएल एन्ड एफएसले तयार पारेको डिपिआरमा १ खर्ब १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो।
नेपाली सेनाले बुझाएको डिपिआरमा २ खर्ब १३ अर्ब लाग्ने अनुमान गरिएको भएपनि त्यसलाई सरकारले १ खर्ब ५५ अर्बमा झारेको हो।
१ खर्ब ५५ अर्ब फास्ट ट्रयाक निर्माणका लागि मात्रै लाग्ने रकम हो। यसमा भ्याट समावेश गरिएको छैन। भ्याट समेत समावेश गर्ने हो भने फास्ट ट्रयाकको लागत १ खर्ब ७५ अर्ब लाग्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।