फाइल तस्बिर
काठमाडौं- वैधानिक बाटोबाट कामका लागि गएका महिलाहरूको पुनः श्रम स्वीकृति खुला गरिएको छ।
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले वैधानिक बाटोबाट कामका लागि गएका पुनः श्रम स्वीकृति खुला गर्न सरकारलाई निर्देशन दिएको हो।
नयाँ कामदारका लागि भने श्रम स्वीकृति खुला गरिएको छैन।
समितिका सदस्य प्रकाश रसाइली ‘स्नेही’ले भने,‘मानव अधिकार आयोगको सदस्य,गृह मन्त्रालयका प्रतिनिधि,परराष्ट्र,सम्बन्धित देशमा रहेका दूतावासले पुनः श्रम स्वीकृति दिनुपर्छ भनेपछि यो निर्णय गरेका हौं।’
श्रम मन्त्रालयले स्वेच्छाले जान चाहने महिलाको लागि बाटो खोलिदिन आग्रह गरेको थियो।
यसअघि सोही समितिले नै घरेलु कामदारका लागि श्रम स्वीकृति नदिन सरकारलाई निर्देशन दिएको थियो।
घरेलु कामदारका रूपमा गएर स्वदेश फर्केकाहरुको तीन वर्ष अघिदेखि पुनः श्रम स्वीकृति रोकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।