वीरगञ्ज- वीरगञ्ज भन्सारस्थित मितेरी पुलमा भारतीय सवारी धनी र स्थानीयले प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण नेपाल–भारत आवातजावत गर्ने यात्रु अलपत्र परेका छन्।
भारतीय दुईपांग्रे र चारपांग्रे सवारी साधनले नेपाल प्रवेशमा निशुल्क इन्ट्रीको माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन्। नेपाली सवारीलाई भारतीयले सवारीधनी र स्थानीयले प्रवेश गर्न नदिएपछि भन्सार नाका पनि अवरूद्ध भएको हो। भारतीय सवारीलाई वीरगञ्ज बजारसम्म आवातजावतका लागि निःशुल्क इन्ट्री र नेपालभर आवातजावतका लागि प्रत्येक दिन पाँच सयको दरले राजस्व दाखिला गरी आवातजावत गर्न अनुमति दिने प्रावधान छ।
नेपाली सवारी निर्बाध रुपमा भारतको रक्सौल आसपासका क्षेत्रमा बिना इन्ट्री, बिना भन्सार आवातजावत गर्ने अनुमति भारतले दिएकोले सोही अनुसार नेपालले पनि आफूहरुलाई आवातजावत गर्न दिने भनी विरोध प्रदर्शन हुन्।
प्रदर्शनका कारण सयौंको संख्यामा दुईपांग्रे र चारपांग्रे सवारी साधन मितेरी पुलमा रोकिएका छन्।
भारतीय एक सवारीले एक दिनको मात्र इन्ट्री गराई दोश्रो दिन फर्किँदा जरिवाना तथा गाडी नै सिज गर्न लागिएकाले उनीहरु आक्रोशित भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।