• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

कतारको रोजगारी : अवैध आजाद भिसाका नाममा बढ्यो ठगी

दीपक भन्छन्- छानीछानी काम पाइने भन्दै पठाइयो, तर त्यहाँ पुगेपछि अलपत्र पारियो
64x64
नेपाल लाइभ बुधबार, भदौ ४, २०७६  १७:१५
1140x725

काठमाडौं- सल्यान जिल्ला कालीमाटी गाउँपालिका-१ का दीपक राना (राहदानी नम्बर ०९४७८९५४) रोजगारीका लागि कुवेत जाने भनेर परिवारसँग बिदा भएर हिँडे। तर उनलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेपछि मात्रै थाहा भयो आफ्नो गन्तव्य मुलुक त कतार पो रहेछ! 

'साँझको उडान थियो। त्यसअघि मलाई भिसा लागेको पासपोर्ट पनि दिइएको थिएन। विमानस्थल पुगेपछि पो काम गर्न कतार जानुपर्ने रहेछ भन्ने कुरा थाहा भयो,' उनले भने। 

कुवेत भन्दै कतार लैजाने सुनाएपछि दीपकले झुक्याएर कतार लैजान लागेको भन्दै एअरपोर्टबाटै फर्किने निर्णय पनि गरे। 

तर उनलाई पावर वर्कर प्रालि म्यानपावरका एजेन्टले 'कतारमा राम्रो काम छ, कुवेतकै आल्मुनियम कम्पनीको शाखा हो। तलब खान बस्न सुविधासहित १२ सय कतारी रियाल हो' भनेर सुनाएका थिए। 

‘त्यो आल्मुनियम कम्पनीमा काम नमिले छानीछानी अन्यत्र कम्पनीमा काम पाइन्छ भनेपछि म पनि जान तयार भएँ। सोझो मान्छे सजिलै सबै कुरा पत्याएँ,’ दीपकले दुखेसो पोखे। 

यो थियो २०७५ बैसाख २० गते साँझको कुरा। तैपनि ससंकित हुँदाहुँदै पनि दीपक कुवेत उडे। 

000

दीपकसँगै उनकै गाउँका सन्तोष परियार र राजु परियार पनि थिए। कतार पुगेपछि एक महिना अलपत्र परेका दीपकसहित तीनै जनालाई एउटा कफी सपमा काम लगाइयो। कफी सपमा दुई महिनासम्म काम गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

पहिलो महिनामा उनीहरूलाई १२ सय कतारी रियाल तलब दिइयो। दोस्रो महिना पूरा भयो तर कम्पनीले तलब दिएन। ‘एक महिनाको तलब पनि दिएन। यतिकै कामबाट निकाल्यो,’ दीपकले सुनाए। 

उनले लिएको श्रम स्वीकृतिमा भने इमेराल्ड कन्स्ट्रक्सन कम्पनीमा दुई वर्षको करार अवधिका लागि लेबर काम गर्ने भनी उल्लेख छ। तलब ९ सय रियाल हुने लेखिएको छ।

पावर म्यानपावर कम्पनीमा रकम बुझाएर विदेसिएका दीपकको श्रम स्वीकृति भने एमबिके ओभर्सिज प्रालिका नाममा भएको देखिन्छ।

प्रतिव्यक्ति डेढ लाख असुली
कुवेतको आल्मुनियम कम्पनीमा मासिक १ सय १० कुवेती दिनार (करिब ४१ हजार ३ सय ३० रुपैयाँ) कमाइ हुने भन्दै उनीहरुबाट म्यानपावर कम्पनीले प्रतिव्यक्ति १ लाख ५० हजार रुपैयाँ असुली गरेको थियो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

लाखौँ रकम असुलेर पनि नगद बुझाएको प्रमाण म्यानपावर कम्पनीले कसैलाई पनि दिएको छैन। ‘नगद हातैमा ल्याएर थमायौँ, हामीसँग कुनै प्रमाण पनि छैन,’ दीपकले सुनाए।

‘मेडिकलका लागि ४ हजार ५ सय र पुलिस रिपोर्ट बनाउने भन्दै २ हजार ५ सय पनि बुझाएको थप रकम बुझाएका थियौं,’ पीडित रानाले सुनाए। 

‘साहुबाट सयकडा तीन रुपैया ब्याजमा लिएको पैसा। कतार पुगेर अलपत्र। अब कुन मुख लिएर घर जानु? साहुको पैसा कसरी तिर्नु?’ दीपक खिन्न देखिए। 

000

दीपक र उनका साथी सन्तोष साउनको अन्तिम साता कतारबाट फर्किएका हुन्। 

‘सिआइडीमा गयौँ, फर्किन पैसा थिएन। त्यही कफी सपमा काम गर्ने बंगाली साथीहरूसँग पैसा मागेर हामी बल्लबल्ल आइपुग्यौँ,’ दीपकले भने। 

उनीहरुसँगै कतार पुगेका राजु परियार भने कतारमा अवैध कामदारका रुपमा पक्राउ परे। ‘हामीसँगै गएको राजुको नक्कली पासपोर्ट भनेर प्रहरीले पक्राउ गरेको छ। नेपाल फर्कन १० हजार कतारी रियाल लाग्छ रे, त्यत्रो रकम कसरी तिर्ने?’ पीडित भन्छन्, ‘उसलाई नेपाल फर्काउन म्यानपावरले केही कुरै सुन्दैन।’

कतारमा कुनै समस्या पर्‍यो भने सबै जिम्मेवारी बहन गर्ने प्रण गरेर पठाएको म्यानपावरले उनीहरूलाई कतार पुर्‍याएर अलपत्र पारी बेवास्ता गरेको पीडित पक्षको आरोप छ। 

नेपाल लाइभले पावर वर्कर प्रालि म्यानपावर कम्पनीका मेनेजर रमेश खड्कासँग सम्पर्क गरी प्रतिक्रिया लिँदा उनले आफूले पठाएका कामदार अलपत्र नपरेको दाबी गर्दै यसबारे बुझ्ने बताए। 

‘हामीले तिमीहरुलाई कतार पठाएको के प्रमाण छ? देखाउ अनि उजुरी गर,’ भन्दै म्यानपावरले धम्क्याउने गरेको पीडितहरू बताउँछन्। 

000

पावर म्यानपावर कम्पनीले जस्तै सिनामंगलस्थित मारियन ओभर्सिज म्यानपावरले कतार पठाएका बिसन सिंह भण्डारी (राहदानी नम्बर ०७४३०९४०) कतारमा अलपत्र परेका छन्। 

गत २२ जुनमा कतार पुगेका उनी दुई महिनादेखि काम पाएका छैनन्। न त उनले काम गर्ने कम्पनीको कुनै टुंगो नै छ। न त म्यानपावरले अलपत्र परेका बिसनलाई नेपाल फर्काउन कुनै पहल गरेको छ। 

पीडित बिसनले मारियन म्यानपावर कम्पनीमार्फत् कतारका लागि श्रम स्वीकृति लिएको बताए पनि उनको श्रम स्वीकृति विवरण हेर्दा म्यानपावर भने खुलाइएको छैन। 'सेल्फ' लेखिएको छ।

श्रम स्वीकृतिमा कतारस्थित होलोग्राम क्याफेमा लेबर काम दुई वर्षको करार अवधि उल्लेख गरिएको छ भने तलब मासिक १ हजार कतारी रियाल। पीडितसँग अनलाइन सम्पर्क गर्दा उनले आफू कतारस्थित एक कोठामा अलपत्र भएर बसिरहेको बताए।

उनलाई पनि म्यानपावरले कतार पुगेपछि कम्पनी छानीछानी काम पाइने भन्दै प्रलोभन देखाएर आजाद भिसामा कतार पुर्‍याएर अलपत्र पारेको पाइएको छ। 

के हो आजाद भिसा?
कतारको कानुनले आजाद भिसाको कुनै पनि व्याख्या गरेको छैन। दलालले कामदारहरूलाई झुक्याउन आजाद भिसाको नाम राखिदिएका छन्। 

कतारको कुनै एउटा कम्पनीमा भिसा एप्रुभल छ तर त्यस कम्पनीले केही पनि काम गर्दैन भने सो कम्पनीका नाममा लगाइने भिसालाई आजाद भिसा भन्ने नाम दलालले राखिदिएका हुन्। भिसा ल्याउने र कामदारलाई नो अब्जेक्सन लेटर (एनओसी) समेत उपलब्ध गराई त्यसै कम्पनीका आधारमा छानीछानी काम पाइने भनेर झुक्याउने गरेका छन्। 

के भन्छ नियामक निकाय?
आजाद भिसाका नाममा दलाल तथा म्यानपावर कम्पनीले कामदार ठगी गर्ने क्रम बढ्दै गइरहेको वैदेशिक रोजगार विभागले स्वीकार गरेको छ। आजाद भिसाका नाममा ठगीको समस्या विशेषगरी कतारमा बढ्दै गएको पाइएको छ। छानीछानी काम गर्न पाइने, १२ सय रियालभन्दा बढी तलब हुने प्रलोभनमा म्यानपावर तथा दलालहरुले कामदारलाई झुक्याउने गरेका छन्। 

यसरी ठगी गर्ने म्यानपावरले कामदारलाई रकम बुझाएको प्रमाण (नगदी रसिद) उपलब्ध नगराउँदा थुप्रै कामदार मारमा परेका छन्। रोजगारीका नाममा हुने यस्ता विभिन्न किसिमका ठगी नियन्त्रणका लागि विभागले पहल गरिरहेको जनाएको छ। यस्ता किसिमका ठगीबाट बच्न पीडित आफैँ पनि सचेत रहनुपर्ने विभागका महानिर्देशक भीष्मकुमार भुसालले बताएका छन्। 

‘पासपोर्ट र पैसा थमाउनु अघि कामदारले राम्रोसँग बुझेर ढुक्क भएर मात्रै बुझाउनु पर्दछ,आफू कुन कम्पनीमा के कामका लागि जाँदैछु सबैकुरा थाहा हुनुपर्दछ। यसमा सचेत रहन आवश्यक छ,’ महानिर्देशक भुसालले भने। यस विषयमा विभागले अध्ययन गरिरहेको भुसालको दाबी छ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  १७:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
किन चलिरहेको छ कर्मचारीमा राजिनामा दिने लहर , साउत यता ४ सचिवसहित ४६४ निजामती कर्मचारीले दिए राजीनामा बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्