काठमाडौं- अर्थ मन्त्रालयले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि १० लाख रुपैयाँ उपलब्ध गराएको छ।
आर्थिक वर्षको पहिलो महिना साउनमै रकमान्तर गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई यो रकम उपलब्ध गराइएको हो। अर्थ मन्त्रालयले भैपरी आउने खर्च शीर्षकमा पैसा उपलब्ध गराएको जनाएको छ।
यसैगरी साउनमै सरकारी तथा गुठि जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगलाई पनि रकमान्तर गरेर खर्च दिइएको छ।
यो आयोगलाई ४७ लाख ६५ हजार रुपैयाँ दिइएको छ।
अर्थ मन्त्रालयले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत आयोगलाई रकम उपलब्ध गराएको हो।
साउनमै गृह मन्त्रालय तथा स्वास्थ्य मन्त्रालयलाई पनि थप निकासा दिइएको अर्थले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।