• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मृत्यु कुर्नुको विकल्प छैन भन्नु पर्दा झरेको आँसु

64x64
नेपाल लाइभ मंगलबार, माघ १६, २०७४  १३:०८
1140x725

कुरा मंसिर १९ को हो। म र मेरा समकक्षीहरु इमर्जेन्सी अगाडि बसिरहेका थियौं। छ वर्षीय बालकलाई रेबिज रोग भयो भनेर अब्जरभेसनमा राख्न ल्याइएको थियो। घटना २ महिना अगाडिको रहेछ। देशको राजधानी काठमाडौँमै नै एक बहुला कुकुरले हातमा टोकेको रहेछ। रेबिज बिरुद्धको खोप लगाइएनछ। बच्चा पानी र हावादेखि तर्सिने भइसकेको थियो, जुन रेबिज संक्रमित जनावरले टोकेपछि देखिने क्लासिकल लक्षणहरु मध्येका हुन् ।

अब जोगाउन सकिने सम्भावना नरहेको परामर्श बिरामीको नातेदारलाई दियौं । यो भन्दै गर्दा म आफूलाई एउटा जित्ने युद्ध पनि हारिरहेको सिपाही जस्तो महसुश गरिरहेको थिएँ। कारण थियो, यति सहज र निशुल्क सरकारले वितरण गरेको अवस्थामा त्यो पनि काठमाडौंजस्तो ठाउमा रेबिजको कारणले मृत्युवरण गर्नु मलाई अस्वाभाविक र असहज महशुस भइभैरहेको थियो। हुनत काठमाडौँमै बर्षेनी टेकु अस्पतालमा औसतमा १६ जनाको हाराहारीमा रेबिजकै कारणले मानिसहरु मृत्युवरण गरिरहेका छन् जुन स्वीकार्य हुनै सक्दैन। अझ टेकु अस्पतालमा दर्ता नभएको बिरामीको संख्या जोड्ने हो भने यो संख्या कयौं गुणा बढी हुन सक्दछ।

यो एउटा त्यस्तो रोग हो जसको लक्षणहरु देखा परिसकेपछि टुलुटुलु हेर्नु सिवाय वा बिरामीलाई मृत्युवरण गर्न सहज बनाउनु बाहेक हामी  चिकित्सकहरुको लागि बचाउने उपाय केही हुँदैन। मुटु, फोक्सो, मृगौला लगायतका रोगहरुमा कम से कम कोशिस गर्ने ठाउँहरु त प्रशस्तै छन् । अझ भनौं बिरामीको जीवन लम्ब्याउने बिभिन्न औषधिहरुको बिकासश भइसकेको अवस्था पनि छ तर रेबिज रोगको कुनै उपाय नै नभएकोले यो रोग नै लाग्न नदिन सुइ एक मात्र विकल्प हो। तर अज्ञानताको करणले वा थाहा हुदाहुदै आफ्नै हेल्चेक्रैले सहजै रुपमा बच्न सकिने रोगबाट पनि ठूलो संख्यामा वर्षेनी नेपालीहरु मर्न बाध्य छन् ।

अधिकांश नेपालीहरु टिटानसको सुर्इ लगाएर ढुक्क भएको देखिन्छ जुन रेबिज हुनुको अर्को कारण पनि भएको देखिन्छ। वबर्षेनी करोडौ रुपैयाँ खर्च गरेपनि रेबिजको संख्यालाई बिगतका वर्षहरुको तुलनामा घटाउनमा खासै उल्लेखनीय सफलता पाउन सकेको देखिदैन। यसले खोप निःशुल्क मात्र दिएर पुग्दैन भन्ने देखाउँछ भने नयाँ रणनीतिको आवश्यकताको पनि महसुस गराउँछ।   

रेबिज रोग लागेको जनावरको नियन्त्रण गर्न हामीले पर्याप्त मात्रामा ध्यान नसकेको वा चुकेको देखिन्छ। केहीहि हप्ताअघिको कुरा हो, दुर्इ महिला र एक युवक रेबिज बिरुद्धको खोप लगाउन आएका थिए र  ती व्यक्तिहरु  सडकमा छाडिएका छोडिएका कुकुरहरुको व्यवस्थापन गर्नमा सहयोग गर्ने सस्थासंग आबद्ध रहेछन्। उनीहरुको भनाइ अनुसार काठमाडौंमा गएको छ महिनामा मात्र कम्तिमा आधा दर्जन रेबिज लागेको कुकुरहरुको व्यवस्थापन गरेको कुरा मसंगको अन्तरक्रियामा सुनाएका थिए ।

Ncell 2
Ncell 2
nimb
nimb

यसले देशकै राजधानी काठमाडौँ नै रेबिजको बिगबिगी कति रहेछ भन्ने कुरा देखाउँछ। एक हप्ता अगाडी मात्र एउटा टोखा निवासीको पनि रेबिजकै कारणले मृत्यु भएको थियो भने लगभग एक महिनाअघि किर्तिपुर निवासी एक बयस्कलाई पनि रबिज लागेर टेकु अस्पताल आएका थिए। हरेक महिना औसतमा दुर्इतीन जनाको मृत्यु रबिजको कारणले हुने गरेको अस्पतालको तथ्यांकले  देखाउँछ जुन भयावह हो। 

आखिरी नि:शुल्क सर्वसुलभ रुपमा रेबिज बिरुद्धको खोप सरकारले उपलाप्ध गराउँदा गराउँदै  किन नेपालीहरु रेबिज लागेर मरिरहेका छन्? किन हामीलाई सुर्इ लगाउनु पर्छ भन्ने ज्ञान हुँदाहुँदै पनि लगाउन हेल्च्याक्र्याइँ गर्दैछौं? किन सुर्इ लगाउने दिन लाई बेवास्ता गरेर  अरु नै काम भ्याएर मात्र खोप लाई प्राथमिकता दिदैछौं? किन टिटानसको सुर्इ लगाएर ढुक्क भइरहेका छौं? यी कुराहरु मेरो मनमा खेलिरहँदा अचानक ती छ बर्षिय रेबिज लागेको बालकलाई सम्झन पुगेछु।  ती आमालाई जो आफ्नो छोरो गुमाउँदैछु भन्ने आभाष आँखाबाट  प्रष्टै देखिन्थ्यो। जुन मेरो लागि अत्यन्तै पिडादायक थियो।

ती महिलाका श्रीमान् बितिसकेको अवस्था र छोरो पनि अबको केही दिनमा दैबले छिन्दैछ भन्ने कटु सत्य र अझ त्यो बालकको निर्दोष अनुहार र मृत्यु बारेको अनविज्ञता साथ खेलिरहेको सम्झेर घर फर्कदै गर्दा आँखाहरु कति बेला रसाएर आशु झरेछन् थाहै पाइएन। एउटा कुरा चाहिँ पक्कै हो, हामीमा रेबिज बिरुद्धको सुर्इ लगाउनुपर्छ भन्ने ज्ञान वा चेतना भएता पनि जबसम्म हाम्रो व्यवहारमा त्यो लागु गर्दैनौं । तबसम्म हामी खोपमा करोडौं पैसा खर्च गरेपनि खासै  रेबिज रोगको संख्यालाई न्यूनीकरण गर्न सकिंदैन भन्ने कुरा बिगतको अनुभव र तथ्यांकहरुले देखाइरहेका छन्। हुनत रेबिज रोगलाई विश्वमा नै बेवास्ता गरिएको रोगको रुपमा लिने गरिन्छ तर कमसे कम जनावरको टोकाईबाट घाइते भइसकेका दाजुभाई तथा दिदीबहिनीहरुले त यसको बेवास्ता नगरौं। मेरो अनुभवमामा हामीमा जनचेतना त छ, तर खोप लगाउनमा हेलचक्राइँ गर्नु नै रेबिज संख्यामा उल्लेखनीय रुपमा नघट्नु मुख्य कारण देख्छु। हामी रेबिज मुक्त देशको कल्पना गरौं र यसको लागि व्यवहारमा पनि लागु गरौं।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १३:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा
सम्बन्धित सामग्री
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? २४ सै घण्टा पहरा दिने प्रहरी हटाइएपछि एमालेले कार्यालय असुरक्षित हुनबाट जोगाउन नयाँ सुरक्षा व्यवस्था अपनाएको छ । बिहीबार, कात्तिक ५, २०८३
पीएचभी मा गम्भीर सुरक्षा कमजोरी, विश्वभरका वेबसाइट प्रभावित करिब ७० प्रतिशत वेबसाइटमा प्रयोग हुने प्रोग्रामिङ भाषामा कमजोरी भेटिएपछि तत्काल सुरक्षा अपडेट गर्न आग्रह, जोखिम टार्न केही वेबसाइट अ... बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
पाकिस्तानी कप्तान फरहान कर्णाली याक्समा बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्