काठमाडौं- रोयल इनफिल्ड (बुलेट) मोटरसाइकल नाडा अटो शो २०१९ मा आकर्षणको रुपमा रहने भएको छ। रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता विवेक अटोमोबाइल्सले केही समयअघि सार्वजनिक गरेको गनमेटल ग्रे अटो शोमा प्राथमिकताका साथ राख्ने भएको छ।
कम्पनीले क्लासिक ३५० गनमेटल ग्रेको प्रदर्शनी तथा बिक्रीमा उच्च प्राथमिकता दिनेछ। रोयल इन्फिल्ड गनमेटल ग्रे म्याट फिनिस र डबल डिस्क ब्रेकको साथ उपलब्ध रहेको छ। भारतीय प्रदूषण मापदण्ड बिएस ४ अनुसारका यो मोटरसाइकल भारतमा धेरै बिक्री हुने मध्येमा पर्दछ।
रोयल इन्फिल्ड क्लासिक ३५० गनमेटल ग्रेमा ३५० सिसीको इन्जिनयुक्त मोटरसाइकल हो। यसमा हेडलाइट केसिङ, फ्यूल ट्यांक, डुअल डिस्क ब्रेक, ओभल टुल बक्स, एक्हस्ट फिन, स्पिडोमिटर, हेडलाइट क्याप लगायतका विशेषता छन्। विवेक अटोमोबाइल्सले आफ्ना १९ वटा शाखा एवं डिलहरु मार्फत नेपाली बजारमा रोयल इन्फिल्डका उत्पादन बिक्री वितरण गर्दै आइरहेको छ।
यसका साथै कम्पनीले अटो शोमा रोयल इन्फिल्ड एलेक्ट्रा ३५०/५००, क्लासिक ३५०/५००, थर्नडरबर्ड लगायत मोडलको प्रदर्शनमा राख्ने भएको छ। रोयल इनफिल्ड मोटरसाइकल युवा पुस्ताको रोजाइमा रहेको एक मोटरसाइकल हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।