एजेन्सी – टेस्टट्युब बेबीका विषयमा त तपाई हामी सबैले सुनेकै छौँ । टेस्टट्युब बेबी अहिले धेरैजसो निःसन्तान दम्पत्तीलाई वरदान सावित भएको छ । पाठेघरको नलीमा समस्या भएका महिलाको शरीरबाट निकालिएको डिम्ब र शुक्रकीट बन्ने समस्या भएका पुरुषहरुका लागि टेस्टट्युब बेबी निकै फलदायी साबित भएको छ । यो प्रक्रियामा पुरुषको शुक्रकीटलाई संकलन गरी सिसाको ट्युब वा प्लेटमा राखेर भ्रूण तयार पार्ने गरिन्छ ।
नेपालमा यो विधि सुरु भएको १० वर्ष भैसकेको छ । विश्वमा सन् १९७८ मा पहिलोपटक टेस्ट्टयुब बेबी जन्माउन सफल भएपछि चिकित्सा विज्ञानको क्षेत्रमा चामात्कारीक परिवर्तन आएको हो । पहिलो टेस्टट्येब बेबीको रुपमा सन् १९७८ मा इंग्ल्यान्डमा लुइस ब्राउनको जन्म भएको हो । वल्र्डहम जेनेरल अस्पतालमा उनको जन्म भएको हो । लेस्ली र जोन ब्राउन उनका आमाबुबा हुन् । ३७ वर्ष अगाडी अस्पतालमा जन्मिएकी लुइस स्वस्थ छिन् । तत्कालिन समयमा अस्पतालमो उनको जन्म यसरी भएको थियो ।
हेर्नुहोस् भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।