न्युयोर्क- संघिय जाँच ब्युरो(एफबिआई)का उपनिर्देशक एन्ड्रयु म्याकक्यावे राजीनामा दिएका छन्। उनीमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राजनैतिक रुपमा पक्षपात गरेको आरोप लगाउँदै आएका थिए।
एजेन्सीहरुमाथि भएको सामान्य निरिक्षणको रिपोर्ट एफबिआईका निर्देशक क्रिस्टोफर रेले सार्वजनिक गर्नु अगावै बाहिर ल्याउन म्याकक्यावेमाथि दवाव सिर्जना गरिएको सीबीएस न्यूजले लेखेको छ।
आगामि मार्च १८ बाट सेवा निवृत हुन लागेपनि म्याकक्यावेको यसअघि नै राजीनामा आएको हो।
यसअघि पनि उच्च कानून निर्माण एजेंसीबाट बहिर्गमन भएको एक सातापछि राष्ट्रपति ट्रम्प पनि उनलाई सो एजेंसीबाट निकाल्न चाहेको कुरा खुलासा भएको थियो।
एफबिआई निर्देशक रेका आन्तरिक संचार लेखक, एफबिआइका इन्सपेक्टर जेनरलमाथिको रिफोर्ट सार्वजनिक हुनु अघि नै उपनिर्देशकको राजिनामा आउनुको मूख्य कारण सो रिपोर्टमा समावेश भएको एजेन्सीहरुले उच्च तहको कार्य सम्पादन गर्नुपर्ने कुरालाई मुख्य मान्छन्।
गत सोमबार मात्रै द न्युयोर्क टाइम्स्ले इन्सपेक्टर जेनरलमाथिको रिपोर्ट सार्वजनिक भएर उपनिर्देशक एन्ड्रयु म्याकक्यावेको पद घटुवा हुनुभन्दा अर्को जागिरमा लाग्न उनलाई एफबिआई निर्देशक रेले इच्छा व्यक्त गरेको खुलासा गरेको थियो।
तर निर्देशक रेको रिपोर्ट कहिले सार्वजनिक हुन्छ भन्ने खुल्न सकेको छैन।
यस्तै राष्ट्रपति ट्रम्पले उप निर्देशक म्याकक्यावेकी श्रीमतीले पूर्व विदेश मन्त्री हिलारी क्लिन्टनको कठपुतलीको रुपमा काम गरिरहेको आरोप लगाउँदै आएका थिए। क्लिन्टन राष्ट्रपतिय निर्वाचनमा ट्रम्पको प्रतिस्पर्धी थिइन्।
उता ह्वाइट हाउसकी प्रेस सचिव सारा हकबी सान्डर्सले एक पत्रकार सम्मेलन गर्दै यो निर्णय ह्वाइट हाउसले नगरेको दावी गरिन्। उनले भनिन्,‘राष्ट्रपति ट्रम्प यो निर्णय लिने प्रकृयाको हिस्सा हुनुहुन्थेन।’
पूर्व एफबिआइ निर्देशक जेम्स कोमेलाई राष्ट्रपति ट्रम्पले गत मे महिनामा बर्खास्त गरेपछि म्याकक्यावेले संक्षिप्त रुपमा सो स्थानमा रहि काम गरिरहेका थिए। सन् २०१६ को राष्ट्रपतिय निर्वाचनमा रुसलाई एफबिआईको रिपोर्ट बुझाएको आरोप लागेको थियो।
त्यसपछि एफबिआईको नयाँ निर्देशकमा रेलाई मनोनयन गर्ने ट्रम्पको निर्णयलाई अमेरिकी सिनेटले अगस्टमा पारित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।