काठमाडौं- नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि आगामी पुस ४ गते निर्वाचन हुने भएको छ।
मंगलबार बसेको नाडा कार्य समितिको बैठकले यस्तो निर्णय गरेको हो।
पुस ४ गते हुने निर्वाचनले नाडाको १९औं कार्यसमिति चयन गर्नेछ। हाल नाडाको अध्यक्ष्य शम्भुप्रसाद दाहाल रहेका छन्।
त्यस्तै आज बसेको कार्यसमिति बैठकले २०७६ भदौ ३ गतेपछि दर्ता भएका सदस्यको मताधिकार नहुने निर्णय समेत गरेको छ।
हाल नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालमा करिब १ हजार समस्य रहेका छन्।
नाडाको निर्णय अनुसार भदौ ३ गतेपछि दर्ता भएका सदस्यहरुले भोट हाल्न नपाउने भएको नाडा स्रोतले जनाएको छ।
विगतमा निर्वाचन हुनु ३ महिना अघिमात्र सदस्यता रोक्ने गरिएको थियो।
तर यो वर्ष भने निर्वाचन हुनु करिब ५ महिना अघिदेखि नै दर्ता हुने सदस्यको मताधिकार नहुनु निर्णय नाडाले गरेको हो।
नाडाको नयाँ कार्यसमितिको अध्यक्षमा हालसम्म वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलालको मात्र दाबेदारी रहेको छ।
अन्य पदाधिकारीको विषयमा भने केही टुंगो नलागेको नाडा स्रोतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।