काठमाडौं– दुई वटा बिजक्राफ्ट जहाज मार्फत आन्तरिक उडान गर्दै आएको निजी हवाई सेवा प्रदायक कम्पनी सिम्रिक एयरको उडान बन्द भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सको सबै जहाज ग्राउन्डेड गर्दै उडानमा रोक लगाएको छ।
नियामक निकाय प्राधिकरणले जहाजको पार्टपूर्जा परिर्वतनमा मनोमानी गरको भन्दै सबै जहाज ग्राउन्डेड गरिदिएको प्राधिकरण महानिर्देशक राजन पोखरेलले जानकारी दिए।
एयरलाइन्सले प्राधिकरणले स्वीकृत नगरेका पाटपुर्जा जहाजमा प्रयोग गरेको भन्दै जहाज ग्राउन्डेड गरिदिएको उनको भनाइ छ।
एयरलाइन्सले हवाइ सुरक्षामा को विषयमा गम्भीर असर आउने काम गरको ठहर गर्दै भदौ ३ गतेदेखि उडानमा रोक लगाउने निर्णय उनले जानकारी दिए।
सिम्रिकले भरतपुर, पोखरा र भैरहवा उडान गरिरहेको थियो।
सिम्रिक एयरलाइन्स सन् २००९ मा स्थापना भएर सञ्चालनरत छ।
एक वर्षअघि पनि सिम्रिकले यस्तै गल्ती गर्दा कारबााही भोगेको थियो।
'बारम्बार यौटै कमजोरी दोहोर्याउन थालेपछि आजैबाट लागू हुने गरी सबै उडान प्रतिबन्ध लगाएका छौं। एयरलाइन्ससँग स्पष्टीकरण पनि सोधिएको छ,' महानिर्देशक पोखरेलले भने। कम्पनीको प्रत्युत्तर आएपछि थप कारबाहीको निर्णय हुन्छ। हवाई सुरक्षामा आँच आउने गरी काम गर्नै कुनै पनि कम्पनीलाई छुट हुँदैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।