सिन्धुपाल्चोक- माथिल्लो भोटेकोसी हाइड्रोपावरमा आफ्नो माग पूरा नगरेको भन्दै स्थानीयले ताला लगाएका छन्। स्थानीयले मंगलबार हाइड्रोपावरको कार्यालयमा तालाबन्दी गरेका हुन्।
पटकपटक आफ्ना मागप्रति छलफल भएता पनि पुरा नगरी झुक्याउने काम भएकाले बाध्य भएर ताला लगाएको स्थानीयले बताएका छन्। 'माग पूरा नगरी झुक्याउने मात्र काम भएकाले बाध्य भएर ताला लगाउनु परेको छ,' स्थानीय छेवाङ सेर्पाले भने।
हाइड्रोपावर सुरु गर्दादेखि स्थानीयको घरजग्गाको क्षतिपूर्ति दिन्छु भनेर नदिएको उनीहरूको भनाइ छ।
भूकम्पपछि घरबास नहुँदा पनि क्षतिपूर्ति दिएन हाइड्रोपावरले बेवास्ता गर्यो तेसैले हामीले अनिश्चितकालका लागि ताला लगाएको सेर्पाले बताए। ु
हाइड्रोपावर निर्माण हुनुअघि गरेको सम्झौतामा निःशुल्क सेयर र स्थानीयको जग्गामा पुगेको क्षतिको मुआब्जा दिने भन्दै २०५२ सालमा सम्झौता गरिएको थियो।
सम्झौता भएपनि उनीहरूले अहिलेसम्म मुआब्जा र निशुल्क सेयर नपाएको भन्दै कार्यालयमा ताला लगाएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।