• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक १२, २०८३ Thu, Oct 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नयाँ मापदण्डअनुसार ३० म्यानपावरले पेस गरे बैंक ग्यारेन्टी, ४ कम्पनी मर्जरमा

वार्षिक एक सयभन्दा कम कामदार पठाउने ५ सय म्यानपावर खारेज हुने
64x64
नेपाल लाइभ मंगलबार, भदौ ३, २०७६  १२:४०
1140x725

काठमाडौं- सरकारले लागू गरेको नयाँ व्यवस्थाअनुसार बढेको धरौटी रकम दाखिला गर्ने वा नगर्ने भन्ने विषयमा म्यानपावर व्यवसायी 'पर्ख र हेर'को अवस्थामा छन्।

बढेको धरौटी रकम राख्ने अन्तिम मिति भदौ १८ नजिकिँदै जाँदा पनि इजाजत प्राप्त करिब ३ प्रतिशत म्यानपावर कम्पनीले मात्रै बढेको धरौटी दाखिला गरेका छन्।

व्यवसायीले २०७५ जेठ २ गतेदेखि बन्द रहेको मलेसियाको रोजगारी खुल्ने विषयमा टुंगो नलागेसम्म धरौटी रकम दाखिला नगर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइरहेका थिए। तर, समय गुज्रिँदै गएपछि धरौटी दाखिला गर्न आउनेको संख्या भने बढ्दै गएको वैदेशिक रोजगार विभागका निर्देशक भोलानाथ गुरागाईँ बताउँछन्।

विभागका अनुसार सोमबारसम्म ३० वटा म्यानपावर कम्पनीले मात्र बैंक ग्यारेन्टीको कागजात बुझाएका छन्। ‘बैंक ग्यारेन्टी राख्ने म्यानपावरको संख्या बढ्दै गइरहेको छ, ५ वटा म्यानपावर कम्पनीले नगदसमेत राखिसकेका छन्,’ विभागका निर्देशक भोलानाथ गुरागाइँले भने।

'वैदेशिक रोजगार ऐन २०६४' संशोधनसँगै म्यानपावर कम्पनीहरुको धरौटी रकम वृद्धि भएको छ। यसअघि म्यानपावरको धरौटी रकमवापत २३ लाख रुपैयाँ बैंक ग्यारेन्टी तथा ७ लाख रुपैयाँ नगद रहँदै आएकोमा हाल न्यूनतम २ करोडदेखि अधिकतम ६ करोड रुपैयाँसम्म पुगेको छ।

कसलाई कति धरौटी?

म्यानपावर कम्पनीहरुले वार्षिकरुपमा पठाउने कामदारको संख्याको आधारमा धरौटी रकम ३ वर्गमा विभाजन गरिएको छ।

वैदेशिक रोजगारीमा वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावरको हकमा २ करोड रुपैयाँ नगदसहित ४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरी ६ करोड रुपैयाँ धरौटी राख्नुपर्ने नयाँ व्यवस्था छ।

Ncell 2
Ncell 2
nimb
nimb

वार्षिक ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउने म्यानपावर कम्पनीले १ करोड रुपैयाँ नगदसहित ३ करोड बैंक ग्यारेन्टी गरी ४ करोड रुपैयाँ धरौटी रकम राख्नुपर्छ। वार्षिक १ सयदेखि ३ हजारसम्म कामदार पठाउने म्यानपावरले ५० लाख नगदसहित १ करोड ५० लाख बैंक ग्यारेन्टी गरी २ करोड रुपैयाँ धरौटी रकम राख्नुपर्ने व्यवस्था छ।

मलेसिया रोजगारी सुचारु नभए सरकारले लागू गरेको धरौटी रकम नराख्ने तथा लाइसेन्स नै सरकारलाई बुझाउने बताउँदै आएका कतिपय म्यानपावर व्यवसायीहरु भने यतिबेला सरकारले निर्धारण गरेको धरौटी रकम राख्न तयार देखिएका छन्।

४ वटा म्यानपावर मर्जरमा
नयाँ धरौटी रकम लागू हुने भएपछि ४ वटा म्यानपावर कम्पनीहरु मर्जर प्रक्रियामा गएको विभागले जनाएको छ।

‘४ वटा म्यानपावर कम्पनीहरुबाट मर्जरमा जानका लागि आवेदन आएको छ, एक्लैले धरौटी रकम राख्न नसक्ने अवस्थाका अन्य म्यानपावर कम्पनीहरु पनि मर्जरमा जान सक्छन्,’ विभागका निर्देशक भोलानाथ गुरागाईँ भन्छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

म्यानपावर सञ्चालकको इच्छाअनुसार २ वा सोभन्दा बढी म्यानपावर कम्पनीहरु मर्जरमा जान सक्छन्।

सरकारले लागू गरेको धरौटी रकम एक्लैले राख्न सक्ने अवस्थाका म्यानपावरबाहेक अन्य म्यानपावर कम्पनी मर्जरमा गएर पनि धरौटी रकम राख्नसक्ने वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सरोजकुमार पोख्रेलले जानकारी दिए। 

‘हामीले मलेसिया नखुलेसम्म धरौटी रकम नराख्ने भनेका हौँ, तर सरकारको नियम मान्नैपर्‍यो, त्यसैले धरौटी रकम राख्न सुरु गरेका छौं,’ महासचिव पोख्रेलले भने।

२ करोड धरौटी राख्नुपर्ने म्यानपावरको संख्या बढी 
वैदेशिक रोजगार विभागका अनुसार हालसम्म बैंक ग्यारेन्टी राख्ने ३० वटा म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारीमा वार्षिक १ सयदेखि ३ हजारसम्म कामदार पठाएका छन्।

ति कम्पनीहरुले नगद धरौटी ५० लाखसहित १ करोड ५० लाख बैंक ग्यारेन्टी गरी जम्मा २ करोड रुपैयाँ धरौटी रकम राख्नुपर्ने हुन्छ।

विभागका अनुसार २ करोड रुपैयाँसम्म धरौटी राख्नुपर्ने अवस्थाका म्यानपावरको संख्या नै सबैभन्दा बढी छ।

नगद धरौटीको ब्याज माग
म्यानपावर व्यवसायीहरुले आफूले राखेको नगद धरौटीको ब्याज सरकारसँग माग गरेका छन्।

सरकारले अन्य विभिन्न संघसंस्थाहरुले राखेको नगद धरौटीको ब्याज दिने नीति रहेको हुँदा आफूहरुले राखेको धरौटीको पनि ब्याज पाउनुपर्ने माग गरेका हुन्। सरकारसँग धरौटी माग गर्न वैदेशिक रोजगार व्यवसायी संघका महासचिव नेतृत्वको एक कार्यदल समेत बनेको थियो।

कार्यदलले सरकारसँग पटक-पटक धरौटीको ब्याजका सम्बन्धमा 'लविङ' गरे पनि सरकारले सहमति जनाएको छैन।

तर, सरकारसँग सहमति नजुट्दै गत साता मंगलबार व्यवसायीहरुको बैठक बसी सो कार्यदल विघटन गरिएको छ। ‘हामीले नगद धरौटी रकमको ब्याज माग गर्नै छाडेर कार्यदल विघटन भने गरेका होइनौं।तत्काल सरकारबाट कुनै सुनुवाइ नभएपछि कार्यदल विघटन गरेका हौं,' उनले भने, 'कार्यदल विघटन भए पनि हामीले धरौटी रकमको ब्याज पाउनुपर्छ।’

एकै परिवारका सदस्यले फरक-फरक म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने

संशोधन गरिएको वैदेशिक रोजगार ऐनमा सरकारले एकै परिवारका सदस्यले फरक-फरक म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने व्यवस्था ल्याएको छ। त्यस्ता म्यानपावर कम्पनीहरु खारेज हुने अथवा मर्जरमा जानसक्ने व्यवस्था गरिएको छ।

वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउने लक्ष्यसहित सरकारले म्यानपावरसम्बन्धी नीतिमा समेत कडाइ गरी धरौटी वृद्धि नीति अघि सारेको हो।

धरौटी वृद्धिसँगै अत्याधिक संख्यामा मनलाग्दी ढंगबाट सञ्चालित म्यानपावर कम्पनीहरुको संख्यामा कमी आई कामदारहरु ठगिने समस्या समेत न्यूनिकरण हुने विभागले विश्वास लिएको छ।

पछिल्लो समय म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा पुगेका धेरै कामदारहरु समस्यामा परि फर्किने र वैदेशिक रोजगार विभागमा मागदाबीसहित उजुरी हाल्ने क्रम बढ्दै गइरहेको छ।

एउटै म्यानपावर कम्पनीले सयौँ कामदारबाट करोडौं रुपैयाँ ठगी गरी सञ्चालक नै फरार हुने समस्या कायम नै छ। जसले गर्दा म्यानपावरको धरौटी रकमले समेत पीडितहरुको विगो रकम भर्न नपुग्ने समस्याका कारण धरौटी वृद्धि गर्नुपर्ने अवस्था आएको सरकारको भनाइ छ।

१ सयभन्दा कम कामदार पठाउने म्यानपावर खारेज हुने
आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा वार्षिक १ सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी स्वतः खारेज हुने भएका छन्।

संशोधन गरिएको वैदेशिक रोजगार ऐनमा वार्षिक १ सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी स्वतः खारेज हुने व्यवस्था गरिएको छ। यस्ता म्यानपावर कम्पनीहरु मर्जरमा भने जान सक्नेछन्।

वैदेशिक रोजगार विभागमा झण्डै १ हजार २ सय म्यानपावर कम्पनीहरु दर्ता छन्। जसमध्ये लगभग २ सय म्यानपावर कम्पनीहरुले वैदेशिक रोजगारमा कामदार पठाउन सकेका छैनन्। गत आर्थिक वर्षमा १ हजार ८१ म्यानपावर कम्पनीहरुले मात्रै वैदेशिक रोजगारीमा कामदार पठाएका छन्।

त्यसमध्ये पनि वार्षिक १ सयभन्दा कम कामदार पठाउने म्यानपावरको संख्या ५ सयभन्दा बढी छ। १ सयभन्दा कम कामदार पठाउने म्यानपावर कम्पनी खारेजीको जोखिममा छन्। वार्षिक ५ हजारभन्दा बढी कामदार पठाउने म्यानपावर कम्पनीको संख्या एउटा मात्रै छ।

'द रिभर ओभर्सिज'ले ५ हजार २ सय ५८ जना कामदार वैदेशिक रोजगारीमा पठाएको विभागको तथ्यांकमा उल्लेख छ। सरकारले निर्धारण गरेको नयाँ धरौटी रकमको प्रावधानअनुसार द रिभर ओभर्सिसले २ करोड नगदसहित ४ करोड बैंक ग्यारेटी गरी ६ करोड रुपैयाँ धरौटी रकम राख्नुपर्नेछ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
पिआरधारी र ‘नक्कली’ नागरिकप्रति बालेनको ‘प्रेम’, ठूला पदमा धमाधम नियुक्ति बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
एसईई २०८४ का लागि परीक्षा आवेदन फारम खुला बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
निजामती अध्यादेश र आईजीपी हटाउने एजेन्डामा प्रधानमन्त्री बालेन र रास्वपा सभापति रविबीच लामो मन्थन बुधबार, कात्तिक ११, २०८३
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्