काठमाडौं- विश्वकै कान्छा फिल्म निर्देशक सौगात विष्टले निर्देशन गरेको ‘हैरान’ आउँदो जेठ ४ गते प्रदर्शनमा आउने भएको छ।
कमेडी र डान्स जनरामा निर्माण भएको फिल्ममा सत्यराज आचार्य, गजित विष्ट, मोहमद वसिम राजा, निश्मा घिमिरे, सरोज खनाल, बुद्धि तामाङ, पुष्कर रेग्मी, एञ्जल राई, सागर लम्साल लगायतका कलाकारहरुको अभिनय छ।
गम्भीर विष्टको कथा र कोरियाग्राफी रहेको फिल्मको छायांकन नवराज उप्रेती र निरज कँडेलले गरेका छन् भने प्रितम पाण्डेले सम्पादन गरेका छन्। फिल्ममा सत्यराज, स्वरूपराज आचार्य, किरण कँडेल, राजन इशान र सन्तोष श्रेष्ठको संगीत छ।
कान्छा निर्देशक सौगातले यसअघि 'लभ यु बाबा' निर्देशन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।