काठमाडौं- साताको दोश्रो दिन सोमबार कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ।
आइतबार साढे ९ अंकले गिरावट आएको पुँजीबजार सोमबार ७ दशलमव २३ अंकले बढेर १ हजार २ सय २२ दशमलव शून्य ६ अंक कायम भएको छ।
सोमबार १ सय ७५ वटा कम्पनीका १४ लाख ७७ हजार ४ सय ३५ कित्ता सेयर ९ हजार ३ सय ६ पटक कारोबार हुँदा ३८ करोड ९६ लाख २५ हजार २ सय ६५ रुपैयाँ बराबरको कारोबार भएको छ।
निर्जीवन बिमा समूहबाहेक अन्य सबै समूहको उपसूचक बढेको छ। निर्जीवन बिमा समूहको उपसुचक भने २९ दशमलव ७८ अंकले घटेको छ। सबैभन्दा बढी जीवन बीमा समूहको उपसूचक ४४ दशमलव ३२ अंकले बढेको छ।
सोमबारको कारोबारमा नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिकित्ता ७ दशमलव ५० शून्य प्रतिशतले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा सानिमा इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता ३ दशमलव ५७ प्रतिशतले गुमाएका छन्।
कारोबार रकमका आधारमा सिद्धार्थ बैंक प्रोमोटर सेयर सबैभन्दा धेरै २ करोड ५८ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।