काठमाडौं- उच्च अदालत पोखराका न्यायाधीश जीवनहरि अधिकारीले राजीनामा दिएका छन्।
गोर्खा ब्रुअरीको अन्तशुल्क विवादमा छानबिनमा तानिएपछि अधिकारीले न्याय परिषद्मार्फत प्रधानन्यायाधीशसमक्ष राजीनामा दिएका हुन्। उनी न्याष परिषद्को सिफारिसमा प्रधानन्यायाधीशमार्फत उच्च अदालत पोखरामा नियुक्त भएका थिए।
उनले निष्पक्ष न्यााय निरुपण गर्दागर्दै आरोप खेप्नुपरेको भन्दै राजीनामा बुझाएका हुन्। अधिकारीले राजीनामामा ४० वर्ष न्याय सेवामा बिताएको समयमा कुनै पनि विवादित काम नगरेको र न्याय सेवाबाट अवकाश पाउने समय नजिक आइपुग्दा आफूमाथि गम्भीर आरोप लागेको दाबी गरेका छन्। सो प्रकरणमा सर्वोच्चकी न्यायाधीश सपना मल्ल प्रधानको नेतृत्वमा छानबिन समिति बनेको थियो।
उनले समितिमा बयान दिएपछि राजीनामा बुझाएका हुन्।
यसअघि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले उच्च र जिल्ला अदालतमा कार्यरत रहेका ४ न्यायाधीशमाथि विस्तृत छानबिन गर्न समिति गठन गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।