काठमाडौं– झरना थापाद्वारा निर्देशित फिल्म 'ए मेरो हजुर २' बाट चर्चामा आएका नायक हुन्, सलिनमान बनियाँ।
नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग एकसाथ स्क्रिन शेयरपछि चर्चामा आएका सलिनमानकी प्रेमिकाको बर्थडे फोटोले यतिबेला भाइरल बनेको छ। उनले प्रेमिका अस्प्रिनासँग बर्थडे मनाउँदाका तस्बिर सामाजिक सञ्जालमा अपलोड गरेका थिए।
सलिनमानले डेब्यु फिल्मपछि निकै प्रशंसा पाए पनि अहिले उनी फुर्सदमा छन्। तर उनीसँगै स्क्रिन शेयर गरेकी साम्राज्ञीको भने त्यसयता व्यस्तता निकै बढेको छ। हुन त सलिनले केही समयअघि आफू फेन्सी कपडा व्यापारमा लागेको समेत जानकारी गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।