• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

निलो लाभा निस्कने रहस्यमयी ज्वालामुखी, यसरी बन्यो पर्यटकको आकर्षण (फोटो फिचर)

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  १३:३३
1140x725

आजसम्म पनि रहस्यमै छ ‘बरमुडा ट्रयांगल’। जुन नर्थ एटलान्टिक ओसनको पश्चिमतर्फ बरमुडा, फ्लोरिडा र पुयर्टो रिकोको ठिक बीचमा त्रिभुजाकार टापु बनेर रहेको छ।

बरमुडा ट्रयांगलको अर्को नाम ‘डेभिल्स ट्रयांगल’ पनि हो। हालसम्म सो इलाकामा पुगेका कुनै पनि चिज फर्किएर नआएका कारण यो चामत्कारिक स्थानका रुपमा चर्चित छ।

पानीजहाज, अमेरिकी हवाई सेनाका विमानहरु सो स्थानबाट गुज्रिए तर फर्किएर आउन सकेका छैनन्। विभिन्न वैज्ञानिक अध्ययन तथा अनुसन्धानले केही तथ्यलाई प्रकाशमा त ल्याए तर रहस्य अझै गर्भमै छ।

बरमुडा ट्रयांगल जस्तै रहस्यले भरिएका तर धेरैलाई थाहा नभएका संसारमा धेरै स्थान छन्। यस्तैमा एक हो, निलो लाभा निस्कने इन्डोनेसियाको ज्वालामुखी।

कवह आइजेन ज्वालामुखी
इन्डोनेसियाको पूर्वी जाभामा अवस्थित यो कवह आइजेन ज्वालामुखी विशेष दुई कारणका लागि विश्वकै नमुना मानिन्छ। हामीले ज्वालामुखी विस्फोट हुँदा पहेँलो लाभा मात्रै निस्किएको देखेका छौँ, यो ज्वालामुखीबाट भने निलो लाभा निस्कन्छ। यसको कारण हो, सल्फ्युरिक ग्यास।

ज्वालामुखीबाट निस्कने सो ग्यासले वायुमण्डलमा भएको अक्सिजनसँग प्रतिक्रिया गर्छ र बल्न थाल्छ। यो अवस्थामा यसको रङ निलो देखिन्छ। यसलाई दिनको समयमा देख्न अप्ठेरो भए पनि राति निलो ज्वाला निस्किएको प्रस्ट देखिन्छ। संसारमा निलो रङको लाभा निस्कने यो नै सबैभन्दा ठूलो ज्वालामुखी हो। 

यो स्थानमा नै एउटा यस्तो ताल पनि छ जसमा निलमणिजस्तै रङ भएको पानी पाइन्छ। कालडेरा भनेर चिनिने सो ताल झन्डै १ किलोमिटर फराकिलो छ। अति नै अम्लीयपन तथा घुलनशील धातु मिसिएको कारण सो तालको रङ निलो भएको हो। यो संसारकै सबैभन्दा बढी अम्लियपनयुक्त पानी भएको ताल हो, जसको पिएच भ्यालु ०.५ भन्दा कम छ। 
सन् २००८ को जुलाई १४–१५ मा खोजकर्ता जर्ज कोरोउनीसले गरेको अध्ययनबाट तालको किनारी भागमा पिएच भ्यालु ०.५ र बीचमा भने ०.१३ भन्दा पनि कम भेटिएको थियो। जसमा सल्फ्युरिक एसिडको मात्रा अत्यधिक भेटिएको थियो। पिएचको सामान्य अवस्था भनेको ७ लाई बुझिन्छ। यदि कुनै मिश्रणको पिएच ७ भन्दा तल रहेमा त्यो बढी अम्लीय र बढी भएमा क्षारीय भन्ने अर्थ लाग्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

सो क्षेत्रका स्थानीयहरु सल्फर अर्थात पहेँलो देखिने धातुको संकलनका लागि सो क्षेत्रमा पुग्ने गर्दछन्। अप्ठेरो पहाडी बाटो हुँदै दिनमा २ देखि ३ पटकसम्म पुगेर जमेर बसेको सल्फरलाई काटेर उनीहरुले २ सय पाउन्डभन्दा बढी सल्फर ल्याउने गर्छन्। स्थानीय मजदुरहरुले ज्वालामुखीबाट निस्किएको सल्फर ग्यासलाई पाइपलाइन बनाएर सुरक्षित स्थानमा जम्मा गर्ने गर्छन्।

चिसोको कारण जमेको कुधातु सल्फरलाई टुक्रा पारी टोकरीमा हालेर घरसम्म ल्याउने गर्दछन्। यो प्रक्रियालाई सुरक्षित मानिए तापनि ज्वालामुखीबाट उत्सर्जन हुने विषालु सल्फर ग्यास र कठिन बाटोका कारण बर्सेनि धेरैले ज्यान गुमाउने गरेका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

कवह आइजेन ज्वालामुखीबाट खानी मजदुरहरुले पुरानै तरिकाबाट सल्फरको उत्पादन गर्ने गरेका छन्। हिजोआज विश्वभर सल्फरको उत्पादन तेल तथा प्राकृतिक ग्यास प्रशोधन गर्दा ऐच्छिक वस्तुको रुपमा मात्रै गरिन्छ। यही प्रक्रियाबाट वार्षिक ७० हजार मेट्रिक टनभन्दा बढी सल्फर उपादन हुने तथ्यांक छ। तर आइजेनमा पुरानै तरिकाबाट उत्खनन गरिएको सल्फरले भने स्थानीय मागलाई पूर्ति गर्ने गरेको पाइन्छ। जसले विभिन्न आकारका मूर्ति तथा उपहार सामग्री बनाएर बिक्री गर्दा जाभा प्रान्तका बासिन्दाको आर्थिक स्तर माथि उकासेको छ। 

ज्वालामुखीको इतिहास
करिब ३ लाख वर्षपहिले यो ज्वालामुखीको आकार निकै ठूलो थियो, जसलाई ‘पुरानो आइजेन’ भनेर चिनिन्छ। एक हजार वर्षसम्म आकार बढ्दै गएपछि यसले १० हजार फिटसम्म प्रभाव पार्यो। ५० हजार वर्षअघि करिब १० माइलसम्म क्रेटरको चौडाइ भएको निकै ठूलो ज्वालामुखी सक्रिय भयो जसबाट २० क्युबिक माइल बराबर लाभा उत्सर्जन भयो। त्यो समयदेखि यता सो क्षेत्रमा सानासाना ज्वालामुखीहरु फुटे, जो पुरानो आइजेनको पूर्वी र दक्षिण क्षेत्रमा मात्र सीमित भए। 

पछिल्लो एक हजार वर्षयता मौसममा आएको परिवर्तनले सो क्षेत्र आसपासको चट्टानी क्षेत्रलाई ज्वालामुखीको लाभाका कारण मलिलो क्षेत्रका रुपमा परिवर्तन गर्न सघाउ पुग्यो। फलस्वरुप आज पुरानो आइजेनको धेरै भूभागमा कफी खेती निकै फस्टाएको छ। व्यावसायिक कफी खेतीका कारण विश्वभर जाभा कफीले ख्याती पाएको छ। नेपालमा पनि 'जाभा'कै नामबाट धेरै कफी शपहरु सञ्चालनमा छन्।

२० किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको पुरानो आइजेनमध्ये हाल कवह आइजेन वरपरमात्रै ज्वालामुखी सक्रिय छ। लाभासहितको ज्वालामुखी पछिल्लो पटक सन् १८१७ पछि विस्फोट भएको छैन। तर जमिनमुनिको तातोपानी तथा ग्यासबाहिर निस्कने रुपमा सन् १७९६, १९१७, १९३६, १९५०, १९५२, १९९३, १९९४, १९९९, २०००, २००१ तथा २००२ मा ज्वालामुखी विस्फोट भएको थियो। जसले सामान्य किसिमको मात्रै क्षति पुर्याए पनि खानी कामदार र कालडेरा घुम्न आउने पर्यटकलाई भने जुनसुकै बेला असर पुर्‍याउन सक्दछ।   
  
तालबाट बनेको खोला
कालडेरा तालबाट एक नदीसमेत निर्माण भएको छ। बन्युपहित नाम गरेको सो नदीमा कालडेरा तालबाट वर्षाको समयमा उल्लेख्य मात्रामा पानी बग्छ। तालको माथिल्लो सतहमा ग्यास, धातु तथा अम्लीयपनका कारण जमेको जस्तो देखिए पनि पानी तल्लो सतहबाट नदीसम्म पुग्छ।

तालमा जस्तै बन्युपहित नदीमा पनि ग्यास तथा अम्लीयपनको मात्रा अधिक रहेको पाइन्छ। अम्लको मात्रा नदीको माथिल्लो हिस्सामा बढी रहने हुँदा नदीको तल्लो सतह भएर बग्ने पानीलाई स्थानीयले सिँचाइमा समेत प्रयोग गर्ने गरेका छन्।
 
पर्यटकको आकर्षण 
नेशनल जियोग्राफिकले यो स्थानको डकुमेन्ट्री प्रसारण गरेपछि यी फरक विशेषता बोकको कवह आइजेन ज्वालामुखी हेर्न अहिले धेरै पर्यटकहरु सो स्थानमा पुग्ने गरेका छन्। 

मुख्य बजारबाट करिब २ घन्टा पैदल हिँडेपछि पुगिने सो क्षेत्रमा क्रेटरमै पुग्न भने थप ४५ मिनेट झर्नुपर्ने हुन्छ।

मध्यरातको समयमा पर्यटकका लागि असुरक्षित हुने भन्दै घुम्न निषेध गरिएको छ भने क्रेटरसम्म पनि उनीहरु पुग्न पाउँदैनन्। ज्वालामुखी विस्फोट हुँदा निलो लाभासँगै निस्कने सल्फ्युरिक एसिडका कारण तापक्रम ६ सय डिग्री सेल्सियससम्म पुग्दछ। यसरी विस्फोट हुँदा देखिने निलो ज्वाला करिब ५ मिटर माथिसम्म पुग्दछ। संसारकै सबैभन्दा ठूलो निलो ज्वाला विस्फोट हुने यो स्थानलाई स्थानीयहरु प्रतीकात्मक ढंगबाट ‘ब्लु फायर’ भन्छन्, जसले उनीहरुलाई संसारमै फरक रुपमा चिनाएको छ।

 

(अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुको सहयोगमा।)

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  १३:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
तीन दिने तीर्थाटनका लागि रास्वपा सभापति लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
तिब्बतमा शक्तिशाली भूकम्प : १६ जनाको मृत्यु, ३२ घाइते शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति लामिछाने तीर्थाटनका लागि आज भारत जाँदै शुक्रबार, कात्तिक ६, २०८३
भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि ३ अर्ब अनुदान जुट्यो बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
एकाएक किन खुल्न छाेडे राष्ट्रपति देखि प्रधानमन्त्री कार्यालयसम्मकाे वेबसाईट, यस्ताे छ अन्तर्रास्ट्रिय असर बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्