न्युयोर्क- वर्ष २०१८ को ग्रामी अवार्डमा ब्रुनो मार्स र केन्ड्रिक लामारले अधिकांश अवार्डमा बाजी मारेका छन्। मुख्य मानिएका अवार्डहरुमा यी दुईले आफ्नो पकड जमाउँदा अन्य चर्चित र अवार्डको सम्भावितमा हेरिएका कलाकारहरु भने खाली हात फर्किनु परेको छ।
संगीत क्षेत्रका लागि विश्वकै प्रमुख मानिने ग्रामीको ६०औँ सेरेमोनीमा मार्सले वर्षको उत्कृष्ट एल्बम, रेकर्ड तथा गीतको अवार्ड हात पार्दा लामारले पप क्याटेगोरीका धेरै विधामा आफुलाई अब्बल साबित गरे। यी ३ शिर्ष अवार्डसँगै मार्सले कुल ६ अवार्ड हात पार्न सफल भए।
न्यु आर्टिष्टमा अलेसा काराले अवार्ड प्राप्त गर्दै मुख्य अवार्ड हात पार्ने एक मात्र गायिका बनिन्। कुल ८६ विधामा अवार्ड वितरण गरिएकोमा स्टारहरु लेडी गागा, केशा, लोर्ड र इसजेडएसहित १७ विधामा मात्रै महिला वा महिलाप्रधान समूह दर्शकको पहिलो रोजाईमा परे।
कुन–कुन विधामा कसले हात पारे ग्रामी?
एल्बम अफ दि इयरः बुर्नो मार्स(२४के म्युजिक)
रेकर्ड अफ दि इयरः बुर्नो मार्स(२४के म्युजिक)
संग अफ दि इयरः बुर्नो मार्स(द्याट्स ह्वाट आइ लाइक)
वेस्ट न्यु आर्टिस्टः अलेसा कारा
वेस्ट पप एल्वमः एड सिरन(डिभाइड)
वेस्ट रक एल्वमः दि वार अन ड्रग्स(अ डिपर अन्डरस्ट्यान्डिङ)
वेस्ट आर एण्ड बी एल्वमः बुर्नो मार्स(२४के म्युजिक)
वेस्ट र्याप एल्वमः केन्ड्रिक लामार(ड्याम्न)
वेस्ट पप सोलो पर्फर्मेन्सः एड सिरन(सेप अफ यु)
वेस्ट पप डोएट/ग्रुप पर्फर्मेन्सः पोर्चुगल. दि म्यान(फिल इट स्टिल)
वेस्ट डान्स रेकर्डिङः एलसिडी साउण्ड सिस्टम(टोनाइट)
वेस्ट रक पर्फर्मेन्सः लियोनार्ड कोहेन(यु वान्ट इट डार्कर)
वेस्ट रक सङः फे फ्लाइटर्स(रनर)
वेस्ट रक एल्वमः दि वार अन ड्रग्स(अ डिपर अन्डरस्ट्यान्डिङ)
वेस्ट अल्टरनेटिभ एल्वमः दि नेशनल(स्लिप वेल बिस्ट)
वेस्ट आर एण्ड बी पर्फर्मेन्सः बुर्नो मार्स(द्याट्स ह्वाट आइ लाइक)
वेस्ट अर्वान कन्टेम्पोररी एल्वमः दि विकेन्ड(स्टार बोए)
वेस्ट र्याप पर्फर्मेन्सः केन्ड्रिक लामार(हम्बल)
वेस्ट र्याप/संग पर्फर्मेन्सः केन्ड्रिक लामार फिचरिङ रिहाना(लोयालीटी)
वेस्ट र्याप संगः केन्ड्रिक लामार(हम्बल)
वेस्ट कन्ट्री एल्वमः क्रिस स्टाप्लेटोन(फ्रम अ रुम–भोलुम १)
वेस्ट म्युजिकल थियटर एल्वमः डियर इमान हन्सेन
वेस्ट प्रोड्युसरः ग्रेग क्रुस्टिन
वेस्ट म्युजिक भिडियोः केन्ड्रिक लामार(हम्बल)
वेस्ट म्युजिक फिल्मः भेरियस आर्टिस्ट(दि डेफियन्ट वान्स)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।