• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

‘आइ लभ यू’ प्रश्न कि उत्तर?

64x64
नेपाल लाइभ सोमबार, माघ १५, २०७४  ०६:५९
1140x725

मेरी एउटी प्रेमिका थिई।

यति पढ्नेबित्तिकै मेरा साथीहरुलाई लाग्यो होला– यो तोर्पेको पनि प्रेमिका थिई र?

तपाईंलाई लाग्न सक्छ– यो कुन ठूलो कुरा भयो र?

साथीहरुलाई किन यस्तो लागेको हुन सक्छ भने, म प्रेममा पारदर्शी मान्छे होइन। प्रेमिकाका बारेमा अरुसँग होइन, आफैंसँग पनि लुकाउन मन लाग्छ। दुई–चार जना प्रेमिका हुनु र उनीहरुबारे साथीभाइमाझ गफ दिनुलाई ‘सान’का रुपमा लिइने दुनियाँमा बेग्लै हुन खोजेर होइन। कहिले नभएरै भनिएन होला, कहिले भएर पनि भनिएन। कुरा यत्ति हो, भन्न मन लाग्दैन।

त्यसैले ‘यो तोर्पेको पनि प्रेमिका थिई र’ भन्ने लाग्नेले पनि मानिदिनुहोस्– मेरी एउटी प्रेमिका थिई। तपाईंले यति मानिदिनुभयो भने फाइदा तपाईंलाई नै हुनेछ। जसरी बिजगणितमा ‘एक्स’ मानेर लामो हिसाबको सही उत्तर पत्ता लगाउनुहुन्थ्यो, त्यसैगरी मेरी ‘एक्स’ थिई भन्ने मानिदिँदा यो लेखोट पढ्न सजिलो हुन्छ।

ऊसँग कसरी भेट भयो, त्यो सम्झिन जरुरी ठान्दिनँ। कसरी छुट्टिएँ, त्यसको मेसो पनि पाएको छैन। तर, भेट भयो, प्रेम भयो (मलाई लागेको, तर उसले प्रेम गरी कि गरिन, त्यो पनि थाहा छैन) र एउटा मोडमा हामी छुट्टियौं। यति चाहिँ सत्य हो।

फोनमा लामो कुरा हुन्थ्यो। हामी जीवनका बारेमा बुझाइहरु बाँड्थ्यौं। भेटमा लामो बसाइ हुन्थ्यो, हामी जीवनशैलीका कुरा गथ्र्यौं।

ऊ भन्थी, ‘बोर लाग्यो यार, अनि तिम्लाई फोन गरेको।’

Ncell 2
Ncell 2
nimb
nimb

‘तनाव भयो यार, त्यसैले तिमीलाई भेट्न खोजेको।’

मसँग कुरा गर्दा उसको बोर र तनाव कम हुन्थ्यो कि हुन्नथ्यो, त्यो उसैले जानोस्। म भेटिदिन्थेँ, कुरा गरिदिन्थेँ। किनकि म त प्रेममा थिएँ उसको।

तेस्रो वा चौथो भेट थियो ऊसँगको। यसपल्ट भेट्न मैले बोलाएको थिएँ। ऊ आइदिएकी थिई। काठमाडौं सिटी सेन्टरको चौथो तलामा रहेको फुडकोर्टमा भेट्न बोलाएको थिएँ। कमलपोखरी हेर्दै गफिन खूब मनपर्छ मलाई। मेरा अरु साथीहरु पनि थिए त्यहाँ। ऊ सरासर आएर मलाई अँगालो मारी र साथीहरुकै अगाडि गालामा किस गरी।

यो सबै मेरो निम्ति अनपेक्षित थियो। त्यसैले असहज लाग्यो। साथीहरुतिर हेरेर मुख रातो पारेँ। उनीहरुले ‘थम्स अप’ दिँदै जिस्क्याउने तरिकाले मुस्कान छाडे। मैले बसिरहेको ठाउँ छाडेर उसलाई अर्को टेबलतिर लिएर गएँ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बस्न इशारा गर्दै उसलाई भनेँ, ‘अरे यार, यति खुल्लमखुल्ला गालामा किस नगरेको भए हुन्थ्यो। केटाहरुले केही दिन अब मलाई बसिखान दिन्नन्!’

ऊ हाँसी केहीबेर। त्यसपछि उसले प्रश्न गरी, ‘के मैले गलत गरेँ?’

उसको प्रेमको त्यो चुम्बन मनमनै त सही लागिरहेको थियो। त्यसैले भनेँ, ‘गलत थिएन, तर ठाउँ गलत थियो।’

ऊ फेरि हाँसिरही। हामीले प्रसंग बदल्यौं। एक घन्टामा ४५ मिनेट अरुका कुरा काट्यौं, १५ मिनेट आफ्ना कुरा गर्‍यौं। हामी मात्रै होइन, धेरै नेपालीहरुले हरेक भेटको ७५ प्रतिशत अरुकै कुरा काटेर वा गरेर बिताउँछन्। यौ नौलो कुरो भएन।

हामी सिटी सेन्टर नजिकैको मन्दिर घुमेर ज्ञानेश्वरतिर जाँदै थियौं। एउटा मोटरसाइकलवालाले स्कुटीको पछिल्लो भाग थोरै छोयो। हामी अलिकति हुत्तियौं। मलाई रिसको पारो चढ्यो। स्कुटी रोकेर त्यो बाइकवालालाई झपारेँ। रिसको झोकमा गाली स्तर निकृष्ट तहमा पुगेछ क्यारे, गाली खाने मान्छेको पनि पारो तात्यो। हामी दुईबीच भनाभन चल्यो। क्षणभरमै सानोतिनो मेला नै लाग्यो।

यत्तिकैमा प्रेमिकाले ‘झगडा नगर’ भनेर तानी। बाइकवाला मभन्दा बलियोबांगो थियो, डराएको पनि थिएँ होला। उसले तानेपछि त्यहाँबाट निस्किएँ। मेरो टाउकोबाट हेलमेट खोसेर उसैले स्कुटर चलाई, म लुरुक्क परेर पछाडि बसेँ।

छुट्टिने समय भएपछि उसले भनी, ‘मैले सबैका अघि तिम्रो गालामा किस गरेर खुल्लमखुल्ला प्रेम जताउनु गलत थियो कि तिमीले सबैका अगाडि झगडा गरेर कोहीप्रति घृणा जताउनु गलत?’

मसँग उत्तर थिएन। उसले भन्दै गई, ‘संसारको रीत नै उल्टो छ बुझ्यौ? घृणा अर्थात् युद्ध खुलारुपमा मैदानमा गरिन्छ। प्रेम (अंकमाल, चुम्बन र यौन पनि) भने लुकेर गरिन्छ।’
ऊ झन्झन् आध्यात्मिक हुँदै गई, ‘यदि प्रेम मैदानमा र युद्ध एकान्तमा हुन्थ्यो भने अहिले तेस्रो ‘विश्व प्रेम’को तयारी चल्दै हुन्थ्यो।’ ऊ हाँसी।

उसका कुरामा सहमति पनि जनाइनँ, असहमत त हुनै सकिनँ। एक्लै हुँदा यो वाक्य सम्झेर अहिले पनि लाग्छ, ‘हो त है !’

***

भेट बाक्लिँदै गयो। मेरो गालामा उसको लिपिस्टिकको डाम बढ्दै गए। गाला पुछ्ने मेरो सेतो रुमाल टाटेपांग्रे देखिन थाल्यो। धुन मन लागेन, धोइनँ।

अलि पछिपछि उसका ओठ मेरा गालाबाट ओठतिरै सरिदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो। एकदिन एकान्ततिरै भेट्दा उसलाई प्रेमको उसको तरिका ओठतिर सार्ने प्रस्ताव गर्न पुगेछु।

उसले भनी, ‘चुम्बनको अर्थ प्रेम हो भने तिम्रो हातमा, निधारमा, गालामा वा ओठमा जहाँ गरे पनि उस्तै हो।’

‘तर, ओठको चुम्बनको स्वाद अर्कै हुन्छ’, सायद, म उत्ताउलिसकेको थिएँ।

उसले कस्सेर समाती र ओठमा एक झमट चुम्बन गरेर सोधी, ‘ल भन अब, ओठको स्वाद कस्तो हुन्छ?’

म उसको अनुहारमा हेरेको हेर्‍यै भएँ।

उसले झटारो हानी, ‘चुम्बन जहाँ गरे पनि त्यसको आफ्नै स्वाद हुँदैन। स्वाद त तिम्रो अपेक्षाको हुन्छ। यदि मैले तिम्रो गालामा चुम्बन गर्ने गरेकी थिइनँ भने मेरो आँखा झिम्क्याइमा अहिले चुम्बनमा प्राप्त गरेकै आनन्द प्राप्त गर्न सक्थ्यौ। मलाई थाहा छ, यतिबेला तिमी मबाट प्रेमको अपेक्षा गरिरहेका छैनौ।’

मैले कुनै तर्क गरिनँ। किनभने हो जस्तो लाग्यो। चुपचाप स्विकारेँ। म उसको प्रेममा थिएँ। प्रेमले यसै पनि भक्त बनाइहाल्छ। त्यसैमाथि हरेक प्रसंगमा उसका मौलिक तर्कले मलाई झन्–झन् पगाल्दै लगेका थिए। अझ भनौं, म उसको प्रेममा भासिँदै गएको थिएँ।

म उसलाई बेहद प्रेम गर्न थालेको थिएँ भन्ने उसलाई थाहा थियो। तर, उसको स्वभाव नै त्यस्तो अजब–गजब थियो कि कहिलेकाहीँ म दोधारमा पर्थें– ऊ मलाई प्रेम गर्छे कि दोस्तीकै एउटा स्तर कायम गरिराखेकी छे भन्ने कुरामा।

किनभने ऊ भन्ने गर्थी, ‘दोस्तीको पनि एउटा स्तर हुन्छ, बुझ्यौ?’

मैले उसलाई दोस्तबाट प्रेमिका बनाएको धेरै भइसकेको थियो। तर, ऊ दोस्तीको स्तर कायम गरिरहेकी छे कि म जस्तै अघि बढिसकी भन्ने मैले मेसो पाउनै मुश्किल भयो। उसले मसँग गरेका हरेक कुरा र गतिविधि एक साँझ केस्रा–केस्रा केलाउन थालेँ। म साह्रै ‘कन्फ्युज’ भएँ। ती जम्मै कुरा दोस्तीभन्दा बढी र प्रेमभन्दा अलि कम लाग्न थाले। 

त्यसपछि मैले उसलाई फोन गरेर भनेँ, ‘आइ लभ यू।’

उसबाट दुइटा उत्तर अपेक्षित थिए। 

‘लभ यू टू’ 
वा
‘मैले त्यतातिर सोचेकै छैन।’

तर, उत्तर आयो अर्कै। 

उसले भनी, ‘आइ लभ यू, तिम्रो प्रश्न हो कि उत्तर?’

मलाई उसको उत्तर चाहिएको थियो। यसर्थमा यो प्रश्न हुन्थ्यो।

म उसलाई प्रेम गर्थें। त्यही प्रेम दर्शाउन ‘आइ लभ यू’ भनेको उत्तर पनि हुन्थ्यो।

उसको प्रतिप्रश्नको मसँग कुनै जवाफ भएन। अहिलेसम्म पनि छैन।

तपाईंसँग कुनै जवाफ छ, ‘आइ लभ यू' प्रश्न हो कि उत्तर?

प्रकाशित मिति: सोमबार, माघ १५, २०७४  ०६:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित)
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि
सम्बन्धित सामग्री
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि हो ची मिन्ह सिटीमा हजारौँ मानिस सडकमा भेला भएर राष्ट्रिय झण्डाले ढाकिएका कफिनसहितको अन्तिम यात्रामा सहभागी भएका थिए । कतिपयले सेता फ... बुधबार, असोज २८, २०८३
बिहारमा डुङ्गा दुर्घटना, १३ बालबालिकाको मृत्यु स्थानीय बासिन्दाहरू भोजमा सहभागी हुन अर्को गाउँ जाने क्रममा गएराति दुर्घटना भएको हो। भगतान टोलअन्तर्गत रामपुर श्यामचन्द पञ्चायतको मा... बुधबार, असोज २८, २०८३
साउदीको तेल कम्पनी अरामकोको भवनमा आक्रमण साउदी अरबको पूर्वी प्रान्तमा रहेको विश्वकै ठूलो तेल कम्पनीमध्ये एक अरामकोको प्रशासनिक भवनमा मंगलबार आक्रमण हुँदा सीमित आगलागी भएको छ... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी गर्दै सकियो मुख्यमन्त्री सम्मेलन (पूर्ण पाठसहित) बुधबार, असोज २८, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला बुधबार, असोज २८, २०८३
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्