• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

सेयर सदस्यको नाममा कीर्ते तमसुक गरी व्यवस्थापकले नै गरे सहकारीको ८९ लाख हिनामिना

दोष स्वीकार्दा पनि १३ वर्षसम्म किन भएन कारबाही?
64x64
नेपाल लाइभ शनिबार, साउन ३२, २०७६  ०५:५५
1140x725

राजविराज- सप्तरीमा एक सहकारी संस्थाका व्यवस्थापकले सेयर सदस्यको नाममा कीर्ते तमसुक गरी ८५ लाख रुपैयाँ ऋण निकालेर हिनामिना गरेको तथ्य सार्वजनिक भएको छ।

खडक नगरपालिका-१, सिस्वा बेल्हीस्थित साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक श्रवण कुमार साहले सेयर सदस्यको नाममा कीर्ते तमसुक गरी सो रकम हिनामिना गरेका खुलेको हो। स्थानीयवासीसमेत रहेका साहले २१ जना सेयर सदस्यको नामबाट कीर्ते तमसुक गरी ८५ लाख ४ हजार ५ सय ५२ रुपैयाँ ऋण निकालेका छन्।

यसैगरी, असुलीबाट जम्मा भएको संस्थाकै ३ लाख ९४ हजार ६ सय १० रुपैयाँसमेत गरी कूल ८८ लाख ९९ हजार १ सय ६२ रुपैयाँ ८९ पैसा हिनामिना भएको सेयर सदस्यहरुले दाबी गरेका छन्।

२०६३ सालमै भएको उक्त घटना कतिपय सञ्चालक समितिकै सदस्यका कारण गुपचुप राखिएको थियो। तर, तोकिएको समयमा समेत साहले रकम फिर्ता नगरेपछि सेयर सदस्यले व्यवस्थापकको हर्कत बाहिर ल्याएका हुन्।

‘संस्थामा देखिएको समस्या आन्तरिक रुपमै मिलाउन दबाब आएपछि त्यतिबेला हामी चुप लागेर बस्यौं। ठूलो रकम डुब्ने खतरा भएकाले चुप लागेर असुल गर्नुपर्ने बाध्यता पनि थियो,’ सेयर सदस्य उमेश प्रसाद चौधरीले भने, ‘तर, तोकिएको भाकामा पनि रकम जम्मा नभएपछि अर्को विकल्प खोज्नुपर्ने बाध्यता भयो।’

सेयर सदस्यको नाममा ऋण लिएको तथा संस्थामा जम्मा भएको रकम आफूले हिनामिना गरेको साहले स्वीकारसमेत गरेका छन्। उनले २०७५ साउन १६ मा नै लिखित कागज गरी गत पुस मसान्तभित्र ब्याजसहित रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएका थिए। लिखित काजगमा उनीसहित पिता आनन्दप्रसाद साह र पत्नी पिंकीकुमारी साहसमेतले हस्ताक्षर गरेका छन्।

साहले दोष स्वीकार्दै रकम फिर्ता गर्ने प्रतिवद्धतासहित गरेको लिखित कागज।

सञ्चालक समितिका अध्यक्ष रामनारायण साह, सहायक प्रवन्धक कविता कुमारी चौधरी र सेयर सदस्य जिवछकुमार मण्डल साक्षी बसेका छन्। तर, हालसम्म पनि रकम फिर्ता नभएको साक्षीमध्येका एक मण्डलले बताए।

क-कसको नाममा निकालियो ८५ लाख ऋण?
साहले अरुणादेवी साहको नाममा १० लाख रुपैयाँ, केश्वरप्रसाद साहको नाममा ८ लाख रुपैयाँ, वैजनाथ साह, मिनादेवी साह, शिव मण्डल, मनकुमारी श्रेष्ठ, गुलावदेवी साह, सुरतलाल साह, महेश्वर ठाकुर , अनुरागीदवी साह, कोशीला देवी, हैदर मियाँ, याकुव मियाँ, रामकुमार मण्डल, जिवछ साह र ललितादेवी साहको नाममा समान ३/३ लाख रुपैयाँ निकालेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यसैगरी, ममता कुमारी मण्डल, सुर्यानारायण झा र रामलखन चौधरीको नाममा समान २/२ लाख रुपैयाँ ऋण लिइएको देखिएको छ। श्रवणकुमार साहको नाममा ९ लाख ५० हजार रुपैयाँ र पिंकी कुमारी साहको नाममा ९ लाख ५४ हजार रुपैयाँ समेत सहकारीबाट निकालिएको अर्का सेयर सदस्य देवप्रसाद साहले बताए।

पीडितहरुले आफूहरुको नाममा लिएको ऋण तत्काल जम्मा गर्न माग गर्दै संस्थामा तालाबन्दी गर्ने तयारी गरिरहेका छन्।

१३ वर्षसम्म किन भएन कारबाही?
यस विषयमा खडक नगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, सप्तरी र साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय जनकपुरलाई समेत यसअघि नै पत्राचार गरिएको मण्डलले बताए।

पत्राचारपछि साना किसान विकास लघुवित्त संस्था इलाका कार्यालय जनकपुरले गत असार १७ गते नै साहलाई निलम्बन गरी विभागीय कारबाही गर्न पत्राचार गरिसकेको छ। यसैगरी, खडक नगर कार्यापालिकाको साउन २४ गते बसेको बैठकले साहलाई १ महिनाको लागि निलम्बन गरी विज्ञद्वारा अनुसन्धान गर्ने निर्णय गरेको थियो।

तर, ०६३ असोज १ गतेदेखि सहकारीमा व्यवस्थापक रहेका साह अहिले पनि सोही पदमा कार्यरत छन्। उनलाई कुनै किसिमको कारबाही गरिएको छैन।

आफूलाई निलम्बन गरिएको विषयमा हालसम्म कुनै पत्र प्राप्त नभएको साहले प्रतिक्रिया दिए। ‘मैले रकम मासेको स्वीकार गरेको छु र तिर्ने प्रतिवद्धता पनि जनाएको छु,’ उनले भने, ‘निलम्बन गर्ने निर्णय भएछ भने त्यो पनि सहन तयार छु। तर, अहिलेसम्म त्यस्तो पत्र पाएको छैन।’

सञ्चालक समितिले गर्ने जुनसुकै निर्णय आफूले मान्ने उनले स्पष्ट पारे।

सञ्चालक समितिका अध्यक्ष रामनारायण साहले गाउँकै मान्छे भएकाले रकम असुल हुने निश्चिन्त भएर कारबाही प्रक्रिया अघि नबढाएको बताए। ‘गाउँकै मान्छे हो उहाँ, भाग्न सक्नुहुन्न,’ उनले भने, ‘रकम असुल हुने भएकैले निलम्बन गरिरहनु जरुरी लागेन।’

साहले आफूले हिनामिना गरेवापत १० कठ्ठा जग्गा सहकारीका नाममा धितो राखिसकेको जानकारी दिएका अध्यक्ष साहले बाँकी रकम पनि असुल हुने जानकारी दिए। उनका अनुसार धितो राखिएको जग्गाको सरकारी मूल्यांकन करिब १५ लाख रुपैयाँ छ।

कहाँ गयो त ८९ लाख?
सेयर सदस्य तथा सहकारी संस्थालाई डुबाएर रकम हिनामिना गरेका साहले गाईपालन र छोरो पढाउँदा उक्त रकम खर्च भएको प्रतिक्रिया दिए। गाईपालन गर्न १५ लाख, छोरो पढाउँदा २० लाख तथा घरखर्च र व्यवहार मिलाउँदा बाँकी रकम सकिएको उनको भनाइ छ।

‘सहकारीबाट झिकेकोमध्ये १५ लाख रुपैयाँले गाईपालन सुरु गरेको थिएँ। मधेश आन्दोलनका समयमा दूध बिक्री नहुने तर लगानी बढिरहने भएपछि त्यो पैसा डुब्यो,’ उनले भने, ‘२० लाख रुपैयाँले छोरो पढाएँ।’

उनका छोरा हाल अष्ट्रेलियामा अध्ययनरत छन्।

प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  ०५:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘दुर्गममा सञ्चार सेवाको पहुँच बढाउन १६ सय टावर निर्माण गर्छौँ’: सञ्चार मन्त्री तिमिल्सिना
प्रतिनिधि सभा बैठक (लाइभ)
हेलिकप्टरको दुरुपयोग रोक्न गृहमन्त्रीको निर्देशन
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
‘दुर्गममा सञ्चार सेवाको पहुँच बढाउन १६ सय टावर निर्माण गर्छौँ’: सञ्चार मन्त्री तिमिल्सिना बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
हेलिकप्टरको दुरुपयोग रोक्न गृहमन्त्रीको निर्देशन बिहीबार, असार ४, २०८३
अख्तियारद्वारा आरजु राणालाई बयानका लागि म्याद तामेल, दुई दिनभित्र बयान दिन आउनुपर्ने बिहीबार, असार ४, २०८३
मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
खुकुरी देखाई युवती कुटपिट गरेको भिडियो पोस्ट गर्ने युवक लागुऔषधसहित पक्राउ बुधबार, असार ३, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्