नयाँ दिल्ली (एजेन्सी)– सन् २०१० देखि फिल्म नपाएर बलिउडबाट ओझेल परिसकेकी पूर्व मिस युनिभर्स सुस्मिता सेन पुनः फिल्ममा फर्किन आतुर छिन्। तर, उनी राम्रो विषयवस्तु पाए मात्र फिल्म खेल्ने मुडमा छिन्। उनले पछिल्लो पटक ‘नो प्रोब्लम’ मा अभिनय गरेकी थिइन्।
गत शुक्रबार आफ्नी कान्छी छोरी अलिशासँगै रुबल नागी कला फाउन्डेसनको गणतन्त्र दिवस समारोहमा उपस्थित भएकी सेनले डेढ वर्षदेखि राम्रो कथाको खोजी गरिरहेको खुलासा गरिन्।
बलिउड फर्किने विषयमा सोधिएको प्रश्नमा उनले भनिन्, ‘म डेढ सालदेखि पटकथा छानिरहेकी छु।’
उनले एउटा फिल्मका लागि ६ महिनाको समय निकाल्न सक्ने बताइन्। सन् १९९४ मा मिस युनिभर्सको उपाधि जितेपछि उनी फिल्मी क्षेत्रसँग जोडिएकी थिइन्।
‘मेरो महत्वाकांक्षा फिल्म स्टार बन्ने मात्र होइन, मानिसको मुटुमा पनि बस्ने हो’, उनले भनिन्, ‘म भगवानप्रति आभारी छु, किनभने मैले अभिनेत्री बन्ने सौभाग्य दिएँ।’
सुस्मिताले केही समय बंगाली फिल्ममा पनि अभिनय गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।