• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

दुई मन्त्रीले पाएनन् नेकपामा जिम्मेवारी, ३२ विभागमा महिला प्रमुखको संख्या २ जना मात्र

विभाग प्रमुखमा पूर्व एमालेका भागमा १८, पूर्व माओवादीले पायो १४ मात्रै
64x64
नेपाल लाइभ शुक्रबार, साउन ३१, २०७६  १८:४२
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भुगोलका जिम्मेवारी नपाएका दुई मन्त्रीलाई विभागको जिम्मेवारीसमेत दिइएको छैन। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकाल र युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पार्टीको भुगोल तथा विभाग कुनैको पनि जिम्मेवारी पाउन सकेका छैनन्।

मन्त्री भएकालाई सोही अनुसारका विभागको जिम्मेवारी दिइएको अवस्थामा पार्टीको कानुन विभाग प्रमुखको जिम्मेवारी रघुजी पन्तले पाएका छन् भने युवा तथा खेलकुद विभागमा टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिइएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई पर्यटन प्रवर्द्धन तथा नागरिक उड्ययन विभाग दिइएको छ।

मन्त्री रघुविर महासेठलाई पनि उनकै मन्त्रालयसँग सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखको जिम्मेवारी दिइएको छ। वन तथा वातावरणमन्त्री शक्ति बस्नेतलाई वन तथा वातारण विभागको प्रमुख नियुक्त गरिएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवलाई उपभोक्ता हित तथा आपूर्ति विभाग, कृषि तथा पशुपंक्षी मन्त्री चक्रपाणि खनाललाई कृषि तथा भूमिसुधार विभाग छुट्याइएको छ।

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलाई खानेपानी तथा सरसफाइ विभाग र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई जलस्रोत, सिँचाइ तथा उर्जा विभाग दिइएको छ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले शिक्षा तथा मानवस्रोत विभाग पाए भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रम तथा रोजगार विभाग प्राप्त गरे। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई सामान्य प्रशासन विभाग प्रमुखको जिम्मेवारी दिइएको छ।

यसअघि भुगोलको जिम्मेवारी पाएका मन्त्रीहरुलाई विभाग तोकिएको छैन। सञ्चार तथा सूचना, प्रविधि मन्त्री गोकुल बाँस्कोटाले काभ्रेको इन्चार्ज पाएका थिए। भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल स्याङ्जाको इन्चार्ज बनेकी छन्।

Ncell 2
Ncell 2
nimb
nimb

विभागमा पूर्व एमालेका भागमा १८ र पूर्व माओवादी केन्द्रका भागमा १४ प्रमुख पद परेका छन्। तीमध्ये प्रभावशाली विभागमा भने पूर्व एमालेकै वर्चस्व छ।

३२ विभागमा दुई जना मात्रै महिला प्रमुख!
पार्टीका ३२ वटा विभागमा महिलाले दुई वटा विभागको नेतृत्व गर्ने अवसर पाएका छन्। उद्योग तथा वाणिज्य विभाग प्रमुखमा राधा ज्ञवाली र खानेपानी तथा सरसफाइ विभागमा बिना मगरले प्रमुखको जिम्मेवारी पाएका छन्।

चार महिलालाई विभिन्न विभागको उपप्रमुख बनाइएको छ। खानेपानी तथा सरसफाइ विभागमा प्रमुखसहित उपप्रमुख पनि महिला छन्। उक्त विभागमा ममता गिरी उपप्रमुखमा चयन भएकी छन्। विज्ञान तथा प्रविधि विभाग उपप्रमुखमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुखमा अन्जना विसंखे र सामान्य प्रशासन विभागको उपप्रमुखमा रेखा शर्माले अवसर पाएका छन्।

नेतृत्व व्यवस्थापन गर्न बढाइयो प्रदेश सह-इन्चार्जको संख्या
जिम्मेवारी बाँडफाँटका क्रममा भाग नपुग्ने अवस्थालाई मध्यनजर गर्दै प्रदेश सह-इन्चार्जको संख्या बढाइएको छ। यसअघि एकमात्रै सह-इन्चार्ज बनाएर पठाइए पनि नेतृत्व व्यवस्थापन गर्न यसपल्ट सबै प्रदेशमा थप दुई/दुई जनाका दरले जिम्मेवारी थप गरिएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

थपिने सह-इन्चार्जमा प्रदेशक १ मा नरेश खरेल र शेरधन राई छन्। यसअघि सावित्री कुमार काफ्लेलाई मात्रै उक्त जिम्मेवारी तोकिएको थियो। प्रदेश २ मा विश्वनाथ साहसँगै अब नागेन्द्र चौधरी र महेन्द्र पाशवान सह-इन्चार्ज भएका छन्। प्रदेश ३ मा काशिनाथ अधिकारी र हितमान शाक्य थपिएका छन्। हितबहादुर तामाङ यसअघि नै सह-इन्चार्ज थिए।

गण्डकी प्रदेशमा यसअघि खगराज अधिकारीलाई सह-इन्चार्ज मात्रै तोकिए पनि किरण गुरुङ र यशोदा सुवेदी गुरुङलाई आजको बैठकले सोही पदको जिम्मेवारी दिएको छ।

प्रदेश ५ मा दलबहादुर रानासँगै कुलप्रसाद केसी र वैजनाथ चौधरी सह-इन्चार्ज हुनेछन्। कर्णाली प्रदेशमा यमलाल कँडेल, कालीबहादुर मल्ल र प्रकाश ज्वाला सह-इन्चार्ज भएका छन् भने सुदुरपश्चिम प्रदेशमा खगराज भट्ट र भानुभक्त जैसी थपिएका छन्। यसअघि लक्ष्मणदत्त जोशीलाई मात्रै सह-इन्चार्ज तोकिएको थियो।

प्रकाशित मिति: शुक्रबार, साउन ३१, २०७६  १८:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
एन्फाका अध्यक्ष र महासचिव ५/५ लाख धरौटी वुझाए छुटे बुधबार, कात्तिक ११, २०८३
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमको पहिलो जित, पोखरा ६ विकेटले पराजित बुधबार, कात्तिक ११, २०८३
स्वास्थ्य मन्त्रालयको चेतावनी : बालबालिका, गर्भवती र सुत्केरीले इनर्जी ड्रिङ्क्स सेवन नगर्नू बुधबार, कात्तिक ११, २०८३
काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार बुधबार, कात्तिक ११, २०८३
जलवायु विपद् पूर्वतयारीका लागि नेपालका तीन प्रस्ताव, क्षेत्रीय अन्तरिक्ष सहकार्यमा जोड बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्