काठमाडौं– नेपालमा पहिलो पल्ट किसानको कल्याणकारी कोषका लागि नेपाल फेसन हाउस र सगरमाथा फाउन्डेसनले संयुक्तरुपमा ‘फेसन एरा–२०१८’ आयोजना गर्ने भएको छ।
माघ २८ मा होटल अन्नपूर्णमा आयोजना हुने यो कार्यक्रममा च्यारिटीमार्फत नेपाली किसानको विकाश र प्रवद्र्धनका लागि खर्च उठाइने कार्यक्रमका इभेन्ट म्यानेजर दीपक नेपालले जानकारी दिए।
शनिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा सगरमाथा फाउन्डेसन नेपालका अध्यक्ष अर्जुन भट्टले नेपाली कला, संस्कृती र नेपाली पोशाकको प्रवद्र्धन गर्न पनि यस किसिमको कार्यक्रमको आयोजना गर्न लागिएको बताए।
यस्तै, नेपाल फेशन हाउसकी अध्यक्ष बिभु न्यौपानेले किसानको लागि कल्याणकारी कोष स्थापना गर्न फेसन एराले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
‘विदेशमा पनि नेपाली कला–संस्कृती र विशेष गरि नेपालमा बनेको पोशाकको प्रवद्र्धन गर्ने छौं,’सगरमाथा फाउन्डेसनका अध्यक्ष भट्टले जानकारी दिए।
फेशन सोका लागि यसअघि नै आयोजकले सहभागिता आह्वान गरेको थियो। जसअनुसार सम्पर्कमा आएका फेसन डिजाईनर र मोडलहरूको छनोट कार्य शनिवारदेखि ने सुरु भएको छ।
छनोट कार्यक्रममा महिला र पुरुष गरि ५० बढी मोडल तथा डिजाईनरले भाग लिएका थिए। आयोजकले नेपालीपना, संस्कृती र परम्परा भल्काउने तथा नेपालमा उत्पादित पोशाकको आधारमा उत्कृष्ट ठहर भएका २० मोडल तथा डिजाईनरलाई च्यारिटीका लागि प्रस्तुत गर्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।