एजेन्सी- अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ। १ सय ५१ जना घाइते भएका छन्। अफगान अधिकारीका अनुसार आक्रमणकारी विस्फोटक पदार्थले भरिएको एम्बुलेन्समा आएका थिए।
प्रहरीका अनुसार, गृह मन्त्रालयको पुरानो भवन नजिक बम विस्फोट भएको हो। आक्रमणको जिम्मेवारी चरमपन्थी संगठन तालिबानले लिएको छ।
एक हप्ता अगाडी काबुलको एक ठुलो होटलमा भएको आक्रमणमा २२ जनाको ज्यान गएको थियो। विस्फोट गरिएको क्षेत्रमा विदेशी दूतावास र प्रहरी मुख्यालय रहेको छ।
प्रत्यक्षदर्शीका अनुसार स्थानीय समयअनुसार मध्याह्न सवा १२ बजे बम विस्फोट भएको स्थानमा धेरै भिडभाड थियो। शहरको चारैतिर विस्फोटको धुवाँ देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले बताएका छन्।
घाइतेहरुको अवस्था निकै गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।