• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली

माधवीलाई मदनमणिको सम्बोधन– सकेँ भने फेरि तिमीलाई भेट्नेछु

64x64
नेपाल लाइभ बिहीबार, साउन ३०, २०७६  १२:११
1140x725

देवी माधवी!

मदन पुरस्कारद्वारा तिमी पुरस्कत भयौ। तिम्रो द्विरागमन सम्पन्न भयो। इतिहास फर्किएर आएको छ, बढी फराकिलो, बढी जिउँदो र बढी मान भएर। बढी सौम्य, झन् विदुषी उत्सर्गवति-सहनशीला-निष्ठावती र आत्मदर्शी भएर तिमी माधवी फेरि आयौ हजारौं वर्षपछि। यसपालिको तिम्रो मन्त्र भने शान्तिमन्त्र हुनेछ। तिमीले देख्ने विमोचन उपन्यासका पिच्छल, सारिका, भल्लाक्ष, गिरिका र शान्ताका जस्ता होइनन् कि मानव मात्रकै पूर्ण विमोचनको अब साक्षी हुनेछ्यौ तिमी, माधवी!

त्यसैले व्यासकी माधवी तिमी हजारौं वर्षपछि अहिले मात्र पुरस्कृत भयौ किनभने तिमीले वरुणवलीमा अब कनै शिशुलाई अर्पित गर्नुपर्ने छैन, घोडाहरुसित साटिनुपर्ने छैन, नियोग निम्ति विश्वामित्रको आदेश पालन गरेर प्रमतकलाई विरक्त स्वागत गर्नुपर्ने छैन र आफूले उनेको मालामा गालवका फूल निम्ति अब रत्तो ठाउँ छाड्दै जानुपर्ने छैन।

हर्यश्व दासशालाको ‘अमोह मस्मि’ मन्त्रको त्यो अज्ञात दासले गरेको भविष्यवाणी “अमोह मस्मि ! शान्त हो पुलह शान्त! हाम्रो प्राणहरण निम्ति आदेश दिन थालिस्? अन्त्य त मेरो पो आउँदै छ, हामी दासहरूले एक दिन दासशालाका श्रृंखलाको यो संसारबाट मोक्ष पाउनेछौं, यो संसारबाट अँध्यारो सागरपारिको प्रकाशमा हामी पुग्नेछौं, बरु तिमीहरू नै त्यो अँध्यारो सागरमा डुब्नेछौ”- आजको संसारमा चरितार्थ हुँदैछ- तिम्रो वैष्णवी मन्त्रपछि आजको वर्ग-विमोचनका मन्त्रद्वारा।

मेरा आँसु, रगत र पसिनामा निथ्रुक्क भिज्दै तिमीले फेरि यो संसारमा गएको चैत्रमा शब्दरूप पाएकी थियौ, गालवले दोस्रोपटक गुरुदक्षिणा चढाएर गुरुतर भारबाट मुक्ति पाएको थियो। म प्रसन्न थिएँ। तिम्रो र गालवको साहचर्यमा न्याना उच्छ्वास छाड्दै मैले ती सात वर्षजति बिताएर २९ चैत्रमा तिमीहरूसित बिदा लिएको थिएँ। अहिले यो पुरस्कार पाएर गालवले सधैं नै देवी ‘माधवी !’ भनेर सम्बोधन गरिएकी तिमी वारुणी महामाया फेरि मेरा सामु आइपुग्यौ। शब्दरूपमा, कर्मरूपमा र शब्द तथा कर्मको समन्वय रूपमा।

शब्दरूपमा स्वागत छ देवी माधवी, तिमी यसै गरी सधै-सधैं फर्किएर आइरहे मेरा शब्द भएर, अरूका शब्द भएर, लाखौं नेपालीका शब्द भएर। वाणी, भारती, सरस्वतीका रूपमा सधैं हाम्रा हदयमा बास गरिरहे। अनि विमोचनकारी कर्म भएर पनि तिमी बारम्बार आइरहे यो नेपालमा। लेनिनले सामाजिक परिवर्तन निम्ति सड़गठन गर्दा कर्म र शब्दलाई सधैं सर्वोच्च ठाउँ दिएका थिए। आजको यो संसारलाई देखेर तिमीले बुझेकी छँदै छौ नि देवी!

मानव समाजमा कर्म र शब्द अमृत, अजर, अमर र शाश्वत् छन्। शब्दले ईश्वरसमेतको सृष्टि गयो, कर्मले ज्ञान-विज्ञान र विकासमा क्रान्ति गरिरहेछ र दुवैको समन्वयले विश्वमा स्थायी शान्ति ल्याउने भएको छ। तिमी त्यो समवेत रूप हो माधवी र समवेत भएरै मेरो जीवनमा आयौ- आफ्नो अधुरो रहेको कर्म, त्यो स्वयम्बरलाई हजारौँ वर्षपछि नेपालमा यहाँ पूरा गयौ। साँच्चै नै आजको संसार मानव जीवनको परिपूर्तितर्फ नै त झन्झन् लम्किरहेको छ। आऊ अघि बढौं- सँगसँगै। त्यो कर्णिकार मुन्तिर गालवसामु गरेको आफ्नो त्यो प्रतिज्ञालाई आज फेरि सम्झ- “सहनाभवतु। भुनक्तु सहवीर्य करवावहै…।” त्यस दिनको तिम्रो त्यो प्रतिज्ञा नै आजको हाम्रो, नपालीको प्रथम प्रतिज्ञा हुनुपरेको छ। लौ आऊ देवी माधवी, सँगै उभिएर शान्त प्रतिज्ञालाई आज हामी सबै फेरि दोहोऱ्याऊँ। मेरो जीवनमा तिम्रो द्विरागमन प्रतिज्ञामा सार्थक हुनेछ- अब तिमीले र गालवले त्यसरी पहिले दासत्वमा रिदै हिँड्नुपर्ने छैन र सजिलै गुरुदक्षिणा- भारबाट मुक्ति पाउनेछौ।

“चरैवेति-चरैवेति” कै त त्यो तिम्रो जीवन थियो। आज त्यसमा झन् नयाँ दिशा– नयाँ वेग थप्नुपरेको छ। लौ फेरि सँगै काम गरौं, सबै नेपालीमा नयाँ शक्ति थपौँ। व्यासासनसामु हात जोडेर हजारौं वर्ष मौन उभिरह्यौ महाभारतमा, अब हिँड र नेपालको तीर्थयात्रा गर्दै संसारलाई अँगालोमा अटाउने कोसिस गर। नेपालीहरू तिम्रा साथ छन्। यी सात हिमाल र ती एक्काइस सागर तिनै कर्मक्षेत्र हुन्।

Ncell 2
Ncell 2
nimb
nimb

मलाई थाहा छैन देवी माधवी, तिमी के भाषा बोल्थ्यौ। तर तिम्रो जीवनले यो मेरो नेपाली भाषामा थप पूर्णता र बढी परिपूर्ति पायो- त्यो परिपूर्ति नभएको भए तिमी पुरस्कृत पनि हुने थिइनौ र एउटा ठूलो राष्ट्रिय सम्मानबाट वञ्चित हुने थियो। तिम्रो यो सम्मानमा आज व्यास नै कति प्रसन्न भए होलान्, मेरो त के कुरा! तिम्रो समयमा मुद्रा थिएन देवी- मन्त्र र माला थिए। त्यसकारण आजको यो पुरस्कारको राशिलाई भन्दा पनि साथको यो दियोको प्रकाशलाई हेर, आफ्नो अमोहमस्मिको- म प्राण हुँ। म मानिस हुँ- भन्ने मलमन्त्रलाई सार्थक तुल्याउन नेपाली वाङ्मयको अझ बढी संवर्द्धन निम्ति यो पुरस्कारलाई, यो दीपशिखालाई न्याय र विवेकका दृष्टिले हेरेर ग्रहण गर अनि झन् सन्दरी, झन विदुषी, झन् आत्मनिष्ठ, आत्म-निग्रही, झन् उज्याली र शब्द-कर्म-समन्वयी भएर नेपाली वाङ्मयको आभार निम्ति हरेक वर्ष आऊ र यसैगरी पुरस्कार र दीप शिखा ग्रहण गर्दै नेपाली लेखनीको सरस्वतीरूपको सम्बर्द्धन गर देवी! यो मदन पुरस्कार भनेको तिम्रै निम्ति थियो, तिम्रै निम्ति भयो र तिम्रै निम्ति रहिरहने निश्चित विश्वास गर। आत्मविश्वासलाई गुमाउनु पर्नेछैन भन्ने बुझ।

मलाई थाहा छ, आजको यो कथाबारे पनि तिमीले व्यास, वैशम्पायन र शुकलाई मुटु अँठ्याउने गरी सुनाउनेछयौ। तिमीले आफ्नो कथाको यो निम्ति त तिमीप्रति आभार व्यक्त गर्छु। तिमीसित मेरो यस्तो साक्षात्कार नै त मेरा निम्ति ठूला ज्ञानका श्रोत बनेका छन्।

धन्यवाद छ देवी, म फेरि पनि तिमीप्रति नै ऋणी रहनेछ र सकेँ भने फेरि तिमीलाई भेट्नेछु।

साथै, यो वरिष्ठ सभामा मेरो कतिलाई लिएर यो विद्वान् समुदायबाट जे जति उद्गार भएका छन्, त्यसको निम्ति म हार्दिक धन्यवाद अर्पण गर्दछु।

Xtrem

Xtrem

धन्यवाद!

मदन पुरस्कार गुठीको साइटमा राखिएको सम्बोधनको पिडिएफ भर्सन-

(माधवी उपन्यासका लागि २०३९ सालको मदन पुरस्कार प्रदान गरिएको थियो। २०४० असोज २५ गते आयोजित पुरस्कार प्रदान समारोहमा मदनमणि दीक्षितले व्यक्त गरेको यो विचार 'उद्गार' त्रैमासिकबाट साभार गरिएको हो। १९७९ फागुन ६ मा जन्मिएका दीक्षितको आज बिहान निधन भएको छ।)

प्रकाशित मिति: बिहीबार, साउन ३०, २०७६  १२:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ)
सम्बन्धित सामग्री
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन विमोचन कार्यक्रममा ‘नेपाल–जापान खेल सम्बन्ध’ पुस्तकबारे आफ्नो धारणा राख्दै कार्यवाहक राजदूत पौडेलले पुस्तकमार्फत नेपाल र जापानबीचको... शुक्रबार, असोज २, २०८३
३२ मुलुकको नेपाली साहित्य अब एउटै ग्रन्थमा ‘आप्रवासी नेपाली साहित्यको इतिहास’ आप्रवासी नेपाली साहित्यको प्रथम आधिकारिक इतिहास हो । कृतिमार्फत प्राडा लुइँटेलले नेपाली डायस्पोरा... शुक्रबार, असोज २, २०८३
कविता: जेन्जी सहिदहरुको सम्झनामा मेरा सहजताका खातिर, मेरो यो शिर भ्रष्टाचारीसामु झुक्यो भने डराएर केही गुम्ला भनी, मेरो आवाज अहंकारीसामु सुक्यो भने देशका लागि रगत... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
राष्ट्रपतिद्वारा संघीय संसदको चालू अधिवेशन अन्त्य बिहीबार, असोज १५, २०८३
‘निर्दलीय शैली, एकदलीय चरित्र, जरासन्धजस्तो सरकार’ : सांसद पोखरेल बिहीबार, असोज १५, २०८३
२५ अर्ब खर्चेर करिब १३ हजार निजामती कर्मचारीलाई अवकाश दिने प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा दर्ता (पूर्णपाठ) बिहीबार, असोज १५, २०८३
बाढी प्रभावित क्षेत्रमा पुल निर्माणका लागि चीनले नेपाललाई दुई बेली पुलका सामग्री दियो बिहीबार, असोज १५, २०८३
संसद् अधिवेशन अन्त्यको निर्णय, राष्ट्रपतिलाई पत्र पठाइयो बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
विवादास्पद अडियोबारे कृषिमन्त्री चौधरीको स्पष्टीकरण: ‘सम्बन्ध छ भन्ने प्रमाण भए फेस गर्न तयार छु’ बिहीबार, असोज १५, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्