• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, कात्तिक ६, २०८३ Fri, Oct 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सहिद शब्दको स्खलन र पीडितमाथिको राजनीति

64x64
नेपाल लाइभ शनिबार, माघ १३, २०७४  १७:५३
1140x725

सहिद सप्ताह नजिकिँदै छ। यो सँगसँगै सरकारले घोषणा गरेका सहिदहरुको सूचीमाथि विभिन्न कोणबाट चर्चा परिचर्चा भइरहेका छन्। द्वन्द्वकालमा चितवनको बाँदरमुढेमा सार्वजिनक बसमाथिको विस्फोट गराई मारिएका ३८ जना सहिदको सूचीमा चढिसकेका छन्। माओवादीबाट मारिएका कास्की, सिन्धुपाल्चोक, सुनसरी र खोटाङका गरी ५६ जनालाई सहिद घोषणा गरेसँगै सहिदको परिभाषामाथि टीकटिप्पणी उठेका छन्।

विभिन्न दलका सरकारले सहिदको सम्मान दिनका लागि मापदण्ड तथा आधार तय गर्नका लागि विभिन्न कार्यदल गठन गरेका भए पनि यस सम्बन्धमा कुनै निश्चित टुंगो लाग्न सकेको छैन। कुनै पनि घटना एवं दुर्घटनामा मारिएकालाई पहुँच र दबाबका भरमा सहिद घोषणा गर्ने प्रवृत्ति मौलाएको छ। सहिद परिवारलाई १० लाख प्रदान गर्ने गरिएकोमा उक्त रकम प्रदान गर्नका लागि पनि सहिद घोषणा गर्ने नराम्रो चरित्र दलहरुमा देखिएको छ। जसले गर्दा सहिद शब्दको गरिमा र महिमा स्खलित हुँदै गएको छ।

माओवादी सरकारले २०६५ सालमा द्वन्द्वकालमा ज्यान गुमाएका आफ्ना पार्टीका झन्डै ६५ सय कार्यकर्तालाइ एकतर्फी ढंगले सहिद घोषणा गर्यो। व्यक्तिको यथार्थ नामथर तथा ठेगाना समेत पहिचान नगरी बादल, पत्थर जस्ता छद्म नामको सूचीमा गरिएको उक्त सहिद घोषणा घोषणामै सीमित रह्यो। द्वन्द्वमा के कस्तो भूमिका निर्वाह गरिएका व्यक्तिहरु उक्त सूचीमा समावेश गरिएको थियो, त्यो पनि स्पष्ट हुन सकेन। उक्त घोषणाबाट सहिद घोषणा गरिएको सूची विवरण राज्यका निकायहरुमा पाइँदैन। द्वन्द्वकालदेखि नै हत्या गरिएका व्यक्तिहरुलाई सहिद घोषणा गर्न पीडितहरुले माग गरिरहेका थिए । माओवादी सरकार हटेसँगै माधवकुमार नेपालको प्रधानमन्त्रीत्वमा नेपाली कांग्रेससँग मिलेर एमालेको सरकार बन्यो। 

माओवादी सरकारले माओवादी पक्षकालाई मात्रै सहिद घोषणा गरेकोमा कांग्रेस, एमाले, राप्रपा लगायतका राजनीतिक दल सम्बद्ध भएर माओवादीबाट हत्या गरिएका नागरिकहरुको पहिचान गर्न कार्यदल बन्यो। उक्त कार्यदलले बुझाए बमोजिम शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सिफारिसमा कार्यकालको अन्त्यतिर माधव नेपाल सरकारले झन्डै १५ सय जनालाई सहिद घोषणा गरेको समाचार सञ्चारमाध्यममा आयो  तर सहिदहरुको विवरण समेत राज्यको आधिकारिक सूचीमा कतै रहेको बुझिँदैन, उक्त सूची विवरण राजपत्रमा प्रकाशन समेत गरिएन। उक्त घोषणाबाट सहिद घोषणा भएका व्यक्तिका परिवारजनसँग सहिद घोषणा गरिएको कुनै कागजात समेत छैन। 

सहिद घोषणा गरेबापत १० लाख दिने चलन कति ठिक कति बेठिक बहस चलिरहेको छ। तर गतवर्ष सरकारले द्वन्द्वकालमा हत्या गरिएका र बेपत्ता पारिएका व्यक्तिका परिवारजनलाई सहिद घोषणाबापत् नभएर अन्तरिम राहत भनेर नै रु ५ लाख थपेर  रु १० लाख पुर्‍याएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

भर्खरै सरकारले गरेको सहिद घोषणाप्रति सत्य निरुपण तथा मेलमिलाप आयोगले असहमति जनाएको छ। तर दल एवं सरकारले आफैलै राजनीतिक भागबण्डा देखाउनका लागि गठन गरेको आयोगलाई स्वाभाविक रुपमा नजरअन्दाज गरेर सरकारले सहिद घोषणा तथा राहत प्रदान गरेको छ।

सरकारले बीचबीचमा विभिन्न आन्दोलन वा कारणबाट मारिएका व्यक्तिलाई सहिद घोषणा समेत गर्दै आएको छ। अहिले शेरबहादुर देउवा सरकारले बाँदरमुढे लगायत द्वन्द्वकालमा माओवादीबाट हत्या गरिएका (सायद यसअघि घोषणा गरिएको सूचीमा छुटेका) नागरिकलाई सहिद घोषणा गरेको भन्ने सुनिएको छ। 
सरकारले माओवादी तर्फबाट हत्या गरिएकालाई मात्र सहिद घोषणा गरेको, राज्यतर्फबाट हत्या गरिएका नागरिकलाई सहिद घोषणा नगरेर विभेद गरेको भन्ने टिप्पणीहरु पनि आएका छन्। पीडक पनि सहिद, पीडित पनि सहिद भन्ने टिप्पणीहरु विगतदेखि आएकै हुन्। 

अझै पनि सहिदको स्पष्ट मापदण्ड नहुनु, पहुँच र राजनीतिका आधारमा सहिद घोषणा गर्ने परिपाटी उचित हुँदैन। देश निर्माणमा विभिन्न कालखण्डमा कैयौं व्यक्तिले योगदान गरेका छन्। देश निर्माणमा चरणमा योगदाग गरेका नागरिकको पहिचान, सम्मान एवं सेवासुविधा प्रदान गर्नु राज्यको स्वभाविक दायित्य हो। द्वन्द्वकालमा हत्या गरिएका नागरिकलाई सम्मान प्रदान गर्ने सरकारको कामको सुरुवात सकारात्मक रुपमा लिन सकिन्छ। तर सरकारले पहिले गरेका सहिद घोषणा केवल घोषणामै सीमित रहेकाले हालै गरेको सहिद घोषणा छुटेकालाई गरेको हो भन्न पनि मिल्ने देखिँदैन। के कस्तो आधार र कारणबाट सरकारले उक्त सहिद घोषणा गरेको हो, साथै पहिले नाममात्रको घोषणा गरिएका तर प्रक्रिया पूरा नभएका लगायतका अझै छुटेका नागरिकका सम्बन्धमा सहिद घोषणा गर्ने सरकारले नीति तथा मापदण्ड के हो? केही स्पष्ट पारिएको छैन। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सहिद घोषणा मात्र होइन बाँचेर समेत अंगभंग र असहाय भएका, उपचार आवश्यक परिरहेका नागरिकप्रति समेत राज्यले उत्तिकै सम्बोधन गर्नुपर्दछ। बाँदरमुढेमा मारिएका नागरिकलाई सहिद घोषणा गर्दा अंगभंग भएका एवं उपचारको आवश्यकता भएका नागरिकहरुको पहिचान, सम्मान, उपचार एवं तत्कालीनदेखि दीर्घकालीन जीविकोपार्जनका कार्यक्रमहरु समेत सँगै घोषणा गर्नुपर्दथ्यो। 

तसर्थ मौका पाएपछि आफ्नालाई सहिद घोषणा गरिहाल्ने र सहिद शब्द सुन्नेबित्तिकै नाक खुम्च्याउने अवस्थाको अन्त्य गर्नुपर्दछ । सरकार वा कुनै पनि निकायले द्वन्द्वको पीडामाथि राजनीति एवं पहुँच र पक्षका आधार सम्मान र सेवासुविधामा विभेद गर्नुहुँदैन। द्वन्द्वकालमा कुनै पनि पक्षबाट मारिएका नि:शस्त्र नागरिकलाई समान सम्मान गर्नुपर्दछ। द्वन्द्वकालमा भएका सम्पूर्ण प्रकृतिका पीडाका पीडितहरुलाई राज्यले समान रुपमा सम्मान तथा जीविकोपार्जनका कार्यक्रमहरु लागू गर्नुपर्दछ। सहिद राज्यको विभिन्न कालखण्डमा राज्य निर्माणमा योगदान गरेका नागरिकहरुको बिना भेदभाव पहिचान, सम्मान, सेवासुविधा एवं कार्यक्रमहरु तर्जुमाका स्पष्ट मापदण्ड र आधारहरु निर्क्यौल  गर्नुपर्दछ। 

सरकारैपिच्छे सहिद घोषणा गर्ने परिपाटी बन्द हुनुपर्दछ। सहिद घोषणा गर्नुपर्ने नागरिकहरु पहिचान गरी मेरो र तेरो नभनीकन सबैलाइ घोषणा गर्नुपर्दछ। राज्यका विभिन्न कालखण्डमा मारिएका नागरिकहरुलाई सोही अनुसार सम्मानको विशिष्टीकरण समेत गर्नुपर्दछ।

लेखक द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष हुन्।

प्रकाशित मिति: शनिबार, माघ १३, २०७४  १७:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट
सम्बन्धित सामग्री
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु उनले कारागारमा रहँदा आफूले गरेको भाकल पूरा गर्न भारतका धार्मिकस्थलको भ्रमणमा जान लागेको जानकारी दिएका छन् । शुक्रबार, कात्तिक ६, २०८३
क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीको सुनकोसीमा आमा–छोरीको मृत्यु दशैं मनाउन माइती आएकी स्थानीय बद्रीप्रसाद कोइरालाकी छोरी सतीदेवी कोइराला र उनकी छोरीको पोखरीमा डुबेर मृत्यु भएको हो। शुक्रबार, कात्तिक ६, २०८३
एनपिएलकाे टिकट दर सार्वजनिक बिहीबार, कात्तिक ५, २०८३
ताजा समाचारसबै
भारत भ्रमणले राजनीतिक सरगर्मी बढाएसँगै रविको स्पष्टोक्ति– जेलमा रहँदाको भाकल पूरा गर्न जाँदैछु शुक्रबार, कात्तिक ६, २०८३
कर्णाली याक्सका अरिफुल र अकबर आइपुगे शुक्रबार, कात्तिक ६, २०८३
नेपाल प्रिमियर लिगको उद्घाटन दिनको टिकट आधा घण्टामै सोल्ड आउट शुक्रबार, कात्तिक ६, २०८३
‘विश्व औपचारिक समूहभन्दा परिणाममुखी सहकारितातर्फ जाँदैछ’ : जयशंकरसँग स्वर्णिम वाग्लेको प्रश्नोत्तर शुक्रबार, कात्तिक ६, २०८३
पिएचपीमा सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकको वेबसाइट बन्द शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
हरिशरणले सिकाए रविलाई राजनीति ! बिहीबार, कात्तिक ५, २०८३
नेपाली मूलका व्यक्तिलाई पिएनओ परिचयपत्र दिन माग बिहीबार, कात्तिक ५, २०८३
एमाले कार्यालय असुरक्षित भएको भनिएको घट्ना के हो ? बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्