कतारमा नेपालीमाथि आक्रमण हुँदा सुनसरीका तबरेजको मृत्यु, ५ घाइतेको उपचार हमादमा

नेपाल लाइभ | २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019 २१:४२:०० मा प्रकाशित

काठमाडौं- कतारको दोहास्थित जैदा पार्कमा नेपालीहरूमाथि आक्रमण हुँदा एक नेपालीको मृत्यु भएको छ। सोही घटनामा परी अन्य ५ जना समेत घाइते भएका छन्। 

मंगलबार साँझको सो घटनामा परी मृत्यु हुनेमा सुनसरीका तबरेज अन्सारी भएको दोहास्थित नेपाद्यी राजदूतावासले जानकारी दिएको छ। 

उनको शव हाल दोहाकै हमाद अस्पतालमा राखिएको जानकारी दिइएको छ।

घाइतेमध्ये उमर अन्सारीको अवस्था गम्भीर रहेको र उनको हमाद अस्पतलामै भइरहेको छ।

अर्का घाइते इब्राहिम अन्सारी र नौसाद अन्सारीको अवस्था भने खतरामुक्त रहेको र सोही अस्पतालमा उपचार भइरहेको बताइएको छ। 

यस्तै अकबर मियाँ र महसुद अन्सारी सामान्य घाइते भएका छन्। उनीहरुलाई दूतावासको पहलमा प्रहरीको हिरासतमुक्त गराइएको छ। 

घटनाका सम्बन्धमा दूतावासले ध्यानाकर्षण भएको बताएको छ।