मुम्बई (एजेन्सी)– बलिउड नायक ऋतिक रोशनले आफ्नो आगामी फिल्मका लागि स्थापित हिरोइनको ठाउँमा नयाँ अनुहारलाई मौका दिने भएका छन्। बलिउड स्रोतका अनुसार ऋतिकले फिल्म ‘सुपर ३०’ का लागि सैफ अली खानका छोरी सारा अली खानको प्रस्ताव गरेका छन्।
स्थापित नायिकामध्ये प्रियंका चोपडा हाल हलिउडमा व्यस्त छिन्। दीपिका पादुकोण सञ्जय लीला भन्सालीको फिल्ममा बढी व्यस्त रहेको र आमा बनेपछि करिना कपुरले फिल्म खेल्न कम गरेका कारण ऋतिकले सारा अलीको प्रस्ताव गरेका हुन्।
सारा अली हाल अभिषेक कपुरको फिल्म ‘केदारनाथ’ को सुटिङ सकेर फुर्सदमा छिन्। ऋतिकको उमेर ४४ वर्ष छ। सारा ऋतिकभन्दा १९ वर्ष कान्छी हुन्। सारालाई लिएर यसअघि पनि ऋतिकलाई एउटा प्रस्ताव आएको थियो। फिल्म अग्निपथका लागि करण मल्होत्राले ऋतिकसमक्ष साराको प्रस्ताव राखेका थिए।
साराको पहिलो फिल्म ‘केदारनाथ’ यही वर्षको २१ डिसेम्बरमा रिलिज हुँदैछ। यस्तै ‘सुपर ३०’ को रिलिजको समय २०१९ को २५ जनवरीमा हुने बताइएको छ। यो सम्भव भएको खण्डमा एक महिनाभित्र उनको दुई वटा फिल्म रिलिज हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।