काठमाडौं- फिल्म 'कृ'को रिलिज डेट नजिकिँदै गर्दा निर्माण युनिट शुक्रबार स्कटल्यान्ड प्रस्थान गरेको छ।
‘यति यति पानी’ गीतका साथ ट्रेलरसमेत सार्वजनिक गरिसकेको युनिट फिल्मको अर्को नयाँ गीत सुटिङका लागि स्कटल्यान्ड लागेको हो। 'कृ' माघ २६ देखि हलमा लाग्दैछ।
फिल्मका नायक अनमोलसँगै नायिका अदिती बुढाथोकी, निर्माताद्वय भुवन केसी र सुवास गिरी, निर्देशक सुरेन्द्र पौडेल, छायांकार पुरुषोत्तम प्रधान लगायतको टोली स्कटल्यान्ड गएको हो। टोली गीतको सुटिङ सकेर माघ १७ गते नेपाल फर्कनेछ।
युवा स्टार अनमोल र अदितिको मुख्यअभिनय रहेको 'कृ'मा अनमोलको रोमान्टिक र एक्सन अवतार देख्न पाइनेछ। सुवास इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई द सुपर काजोल फिल्मसले प्रस्तुत गरेको हो।
फिल्ममा सरोज खनाल, रुपा राना, अनुपविक्रम शाही, कामेश्वर चौरासिया लगायतका कलाकार पनि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।