• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

अंग्रेजी गीत ‘सेप अफ यू’ को कभर गाएर चर्चित बनेकी पाल्साङ

64x64
नेपाल लाइभ शनिबार, माघ १३, २०७४  २०:१३
1140x725

काठमाडौं- पछिल्लो समय लोकप्रिय गीतको कभर बनाउने प्रचलन बढ्दो छ। हिजोआज नेपालीहरुले पनि गाएका अंग्रेजी गीतका कभर युट्युबमा छयापछ्याप्ती हेर्न पाइन्छ।

लोकप्रिय अंग्रेजी गीत नेपाली बाजाको तालमा तयार पारेर गाएको उदाहरण भने धेरै कम छ। यस्तै एउटा उदाहरण बनेको छ, नेपाली सांगीतिक समूह ‘जटायु’।  

बेलायती गायक एड सिरनको ‘सेप अफ यू’को उत्कृष्ट ‘कभर सङ’बाट जटायु मात्र चर्चामा छैन, नामै नसुनिएकी यो समूहकी गायिका पाल्साङ लामा छाइरहेकी छिन्। यो गीतमा उनीहरुले मादल, सारंगी, तबला, बाँसुरी लगायत नेपाली बाजाको फ्युजन गराएका छन्।

जटायु म्युजिकल ब्यान्ड दुई वर्षअघि स्थापना भएको थियो। तर, यसको चर्चा खासै थिएन। कलेजका केही कार्यक्रममा मात्र गाउने पाल्साङलाई ‘सेप अफ यू’ को कभरले नेपाली युट्युबरबीच पृथक् पहिचान दिलाएको छ।

उनी राजधानीको माइतीघरस्थित सेन्ट जेभियर्स कलेजमा सोसल वर्क विषयमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। 

पाल्साङको स्थानीय घर दोलखा हो। राजधानीमा उनी बुवाआमा र भाइसँग बस्छिन्। उनी गाउन मात्र होइन, विभिन्न बाजा बजाउन पनि उत्तिकै पोख्त छिन्। उनलाई सबैभन्दा मनपर्ने बाजा हो, गितार।

गितार बजाउँदै अंग्रेजी र नेपाली गीत गुनगुनाउन उनलाई निकै आनन्द लाग्छ।

अहिले उनी अध्ययन र जटायुसँग विभिन्न कभर गर्न मात्र व्यस्त छिन्। उनको तत्कालै जागिर खाने सोच छैन। भन्छिन्, ‘अहिले कुनै जब गरेको छैन । सोसल वर्क ट्रेनी मात्र हुँ।’

Ncell 2
Ncell 2
nimb
nimb

उनले गाएको ‘सेप अफ यू’ को कभर युट्युबमा रिलिज भएको चार महिना नाघिसक्दा भ्युज संख्या १० लाख ६० हजारको हाराहारीमा छ। कमेन्ट नै ३६ सयभन्दा बढी छन्। गायन र संगीत दुवैको विदेशीले समेत प्रशंसा गरेका छन्। तर पनि यी गायिका आफूलाई सेलिब्रिटीको मात नचढेको बताउँछिन्।

कभर सङको म्युजिक भिडियो तयार पार्दा भने निकै गाह्रो भएको उनीसँग अनुभव छ। दोस्रो भिडियो भए पनि सुरुसुरुमा निकै अप्ठेरो परेको उनले बताइन्। आफूलाई र सारंगीवादक स्यामुएल गन्धर्वलाई म्युजिक भिडियो तयार पार्दा फेसियल एक्सप्रेसनका कारण धेरै टेक लिनुपरेको थियो। ‘मलाई र उसलाई (स्यामुएल) एक्सप्रेसन ल्याउन निकै कठिन भएको थियो,’ पाल्साङ भन्छिन्, ‘पूरै भिडियो रेकर्ड गर्न ५-६ घन्टा लागेको थियो। मेरो ओके हुँदा उसको नहुने। उसको हुँदा मेरो नहुने।’

भिडियो रेकर्डिङ गर्दा ४-५ घन्टा लगातार सुटिङ गर्नुपरेको पनि उनले बिर्सिएकी छैनन्। ‘बीचबीचमा ब्रेक हुन्छ। दुई-तीनपल्ट सुट गर्यो अनि कस्तो भयो भनेर भिडियो चेक गर्यो, फेरि खाजा खाने ब्रेक,' उनी सुटिङको वर्णन गर्न थालिन्, 'एक त दिनहुँ कभर तयार गर्ने र भिडियो सुट हुँदैन, वन्स इन अ मन्थजस्तो अडियो/भिडियो रेकर्ड हुने भएकाले दिक्क लाग्दैन। पछि भिडियो हेर्दा केके नमिलेको लागेपछि हाँसउठ्ने हुँदो रहेछ।’

गायनको कुनै प्रशिक्षण नलिएकी उनी सानो छँदा सुरुमा हिन्दी र नेपाली गीत गुनगुनाउँथिन्। छ-सात कक्षा पुगेपछि भने उनले अंग्रेजी गाउनै थालिसकेकी थिइन्। 'साथीहरूसँग भने गाउँछु तर प्रोग्राममा कहिल्यै हिन्दी गाएको छैन। नेपाली पनि गाउँछु, अंग्रेजीभन्दा थोरै र हिन्दीभन्दा धेरै,’ उनले भनिन्। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्कुलमा भइरहने कार्यक्रममा पनि उनी त्यतिसाह्रो देखिँदैन थिइन्। १० कक्षासम्म पढ्दा दुई-तीनपल्ट मात्र गाएको उनलाई सम्झना छ। 'अझ प्लस टुमा पढ्दा त एकैपल्ट पनि गाइन,' हाँस्दै सुनाउँछिन्, 'त्यसबेला त म गाउँछु भनेर कलेजमा कसैलाई थाहा थिएन। किनकि त्यस खालको वातावरण पनि भएन।’ 

जब उनले स्नातक सुरु गरिन्, सांगीतिक यात्राको अर्को स्टेप सुरु भयो। आफ्ना साथीहरु पनि गीतसंगीतमै रमाउने भएपछि उनी त्यसबाट अलग हुनै सकिनन्।

कलेजमा कुनै गीत प्रस्तुत गर्नुछ भने पहिले अडिसन लिइन्थ्यो, यसले पनि उनलाई खार्न अझ मद्दत गर्योर। 'अडिसनको लागि हामी प्राक्टिस गर्थ्यौं। भाग लिनभन्दा पनि रमाइलोका लागि,'  भन्छिन्, 'रमाइलो गर्ने भनेर प्राक्टिस गर्यो , अनि अडिसन। त्यसपछि सेलेक्ट भइयो भने प्रोग्राममा गाइन्थ्यो।’

अहिलेसम्म उनले १० वटाजति कार्यक्रममा मात्र आफ्नो स्वरले दर्शकलाई मुग्ध पारेकी छन्। त्यो पनि स्कुल, कलेज र कलेजका फन्डरेजिङ इभेन्टसमेत गरेर। उनी अहिलेसम्म कुनै गायन प्रतिस्पर्धामा पनि सहभागी भएकी छैनन्, एकपल्ट स्कुलको सिंगिङ कम्पिटिसनभन्दा बाहेक।

कसरी जोडिइन् त जटायुसँग?

कलेजमा अर्को सेक्सनमा पढ्ने साथीमार्फत जटायुसँग जोडिएको उनी सम्झन्छिन्। ‘जुन साथीले मलाई निरन दाइसँग भेट गरायो ऊ कलेजकै अर्को सेक्सनको थियो। मैले कलेजको प्रोग्राममा गाएको उसले देखेको रहेछ,’ उनले भनिन्, ‘इन्स्टाग्राममा गीत हालेको सुनेपछि दाइलाई मेरो बारेमा भनेछ।’

पाल्साङका बुबाआमा संगीतलाई सोखका रुपमा मात्र लिन सल्लाह दिन्थे। जब ‘सेप अफ यू’को कभरबाट एकाएक उनी हिट भइन्, अभिभावकको सोच परिवर्तन भएको छ। 'अहिले त बुबाआमाले पनि गीतसंगीतमै लाग्ने भए पनि ठिकै छ भन्न थाल्नुभएको छ,' अब उनलाई कुनै तगारो छैन।

गीतसंगीतलाई नै तत्काल करिअर बनाउने पक्षमा छैनन् उनी। तर यसलाई चटक्कै छाड्न पनि सक्दिनन्। ‘म्युजिक इज अ पार्ट अफ माई लाइफ। म्युजिकसँगै अध्ययन पनि अघि बढाउँछु,’ अध्ययनपछिको सोसल वर्क रिलेटेड कुनै काम गर्ने उनको इच्छा छ।

गायनलाई नै पेसा बनाउन सकिँदैन भन्ने प्रश्नको जवाफमा उनी ‘म्युजिक क्रिएटिभ काम भएकाले नाइन टु फाइभ जब बनाउन कठिन हुने बताउँछिन्। 'जतिबेला भाइब आउँछ, त्यतिबेला गीतसंगीत बनाउने हो। दिनहुँ बिहान उठेर म्युजिक गर्न सकिँदैन, त्यसैले गायन मेरो सोख मात्र हो,’ उनी प्रस्ट छिन्।

गायन पनि त एउटा पेसा भएकोमा नकार्दिनन् उनी। ‘आई डु नट वान्ट टु चुज म्युजिक एज प्रोफेसन,' उनको बुझाइ छ, 'म्युजिक नराम्रो प्रोफेसन होइन, गर्नेले राम्रोसँग गरिरहनुभएको छ।

नेपालमा संगीतलाई व्यावसायिक बनाउन धेरै संघर्ष गर्नुपर्ने भएकाले सधैं अरुबाट साथ पाउन गाह्रो हुने उनले सोचेकी रहिछन्। 'एट द मोमेन्ट, म्युजिकमा प्रोफेसनल सिंगर बन्ने इन्टेन्सन छैन,' तर पनि उनले सम्भावनालाई मर्न दिएकी छैनन्, 'पछि हुन सक्छ, बट नट राइट नाउ।’

‘सेप अफ यू’को लोकप्रियताले पनि म्युजिकमै करिअर बनाउन सकिन्छ भनेर उनलाई अहिलेम्म आँट आएको छैन। 

‘पजेटिभ रेस्पोन्स आएपछि खुसी लाग्नु स्वाभाविक हो,  इन्करेजमेन्ट फिल हुन्छ। मैले यस्तै आउटपुट दिँदै गएँ भने सपोर्ट चाहिँ पाइरहनेछु, जसरी अहिले पाएकी छु,' यतिमात्र भन्छिन् उनी।

प्रकाशित मिति: शनिबार, माघ १३, २०७४  २०:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत
सम्बन्धित सामग्री
बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै बडादसैँको चौथो दिन आज नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाको विधिपूर्वक पूजा आराधना गरिँदै छ। आश्विन शुक्ल चतुर्थीका दिन कुष्माण्डा... बुधबार, असोज २८, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता एउटै वडाका चार युवाले प्रहरी सेवामा प्रवेशका लागि प्रतिस्पर्धा गर्दै सफलता हासिल गर्नुले स्थानीयस्तरमा शिक्षा, मेहनत र लगनशीलताको चर... मंगलबार, असोज २७, २०८३
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्