काठमाडौं- थ्रिलर ड्रामामा बनेको फिल्म ‘साढे ७’ को दोस्रो अफिसियल ट्रेलर सार्वजनिक भएको छ।
फिल्मको यसअघि पनि ट्रेलर सार्वजनिक भएको थियो। जसमा राजनीतिक आन्दोलनको रिपोर्टिङका लागि तराई पुगेका एक फोटो पत्रकारको भौतिक र मनोवैज्ञानिक द्वन्द्वलाई देखाइएको छ। गायक समेत रहेका सत्यराज आचार्य सिनेमाका केन्द्रीय पात्रका रुपमा छन्।
फिल्ममा सत्यराजसहित मेनुका प्रधान, सुनिल थापा, कामेश्वर चौरासिया, सुप्रिया कट्वाल, शिशिर बाङ्देल लगायत कलाकारको मुख्य अभिनय रहेको छ। यो फिल्ममा साम्तेन भुटियाको लेखन तथा निर्देशन छ।
फिल्म फागुन ११ गतेदेखि प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।