नयाँ दिल्ली- ६९औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार भारतीय सैनिकहरूले भव्य परेड प्रदर्शन गरेका छन्। केन्द्रीय राजधानी नयाँ दिल्लीमा बिहान परेड प्रदर्शन गर्ने बेलामा शहरभरी उल्लेख्य मात्रामा सुरक्षाको उपस्थिती देख्न सकिन्थ्यो।
सुरक्षा चुनौतीका कारण झण्डै ६० हजार सुरक्षाकर्मी, केही सैन्य विमान र अन्य सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो। राजधानी दिल्लीको राजपथमा भारतीय सैनिकका विभिन्न सीप, क्षमता, ट्यांकर, बन्दुहहरू, आधुनिक हातहतियारहरूलगायत प्रदर्शन गरिएको थियो।
समारोहमा भारतका राष्ट्रपति रामनाथ कोविन्दलाई सैन्य सलामी चढाइएको थियो भने प्रधानमन्त्री नरेन्द्र मोदीसहित आशियनका दश मुलुकका शीर्ष नेता कार्यक्रमको मुख्य अतिथिको रुपमा सहभागी थिए।
कार्यक्रममा देशका विभिन्न झाँकी र कला संस्कृति, भेषभूषाहरू पनि प्रदर्शन गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। सो अवसरमा राष्ट्रियस्तरका विभिन्न पुरस्कार र सम्मानहरू पनि प्रदान गरिएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।